लकडाउनमा लुम्बिनी

पवित्र उद्यान, लुम्बिनी । विश्व शान्तिको मुहान । शान्तिप्रेमीको पहिलो रोजाइ । बौद्ध संस्कृतिको एउटा संसार । बौद्ध विहार र गुम्बाका बनावट, कलाशैली उत्तिकै आकर्षक छन् ।

बौद्ध धर्मावलम्वी र अनुयायी यहाँ तीर्थाटन आउँछन्, शान्ति र सद्‍भावको ऊर्जा लिन्छन् । अरु बेला यहाँ पर्यटकको ओइरो लाग्थ्यो । तर अहिले मुलुक लकडाउन  छ । तीन वर्ग माइल क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा लकडाउनले सन्‍नाटा छ ।

मायादेवी मन्दिर प्रवेशद्वार बन्द गरिएको छ । पर्यटकीय आकर्षणका क्षेत्र केन्द्रीय नहर, शान्तिद्वीप, साउथ पोन्ड र सर्कुलर लेभी सबै सुनसान छन् ।

लुम्बिनी भित्रका मन्दिर, विहार, गुम्बा र स्तुप बन्द छन् । बाहिर कोही निस्केका छैनन् । गत वर्ष मार्चमा २९ हजार ४ सय विदेशी लुम्बिनी घुम्‍न आएका थिए । यस वर्ष मार्चमा मुस्किलले ८ हजार विदेशी पर्यटकले लुम्बिनी अवलोकन गरे । मनोज पौडेल /चन्द्रप्रकाश पाठकसाभार नेपाल म्यागजिन


Facebook Comment


No ads found for this position