सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं–सरकारले आर्थिक वर्ष २०७७÷२०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल, राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण, समाजवादी पार्टीकी सांसद सरिता गिरी, नेमकिपाका सांसद प्रेम सुवाल, जनमोर्चाकी सांसद दुर्गा पौडेलले हालेको संशोधन बहुमतले अस्विकार गरेपछि खारेज भएको थियो ।


Facebook Comment


No ads found for this position