यो समयमा हिमाल सफाइ गरौं

काठमाडौैं–कोरोना भाइरसका कारण अहिले विश्व पर्यटनमा सबैभन्दा धेरै प्रभाव परेको छ । नेपाली पर्यटन पनि विगत ६ महिनायता लकडाउनमै छ । कोरोना अन्त्यपछि पनि यो क्षेत्र पूर्ववतः अवस्थामा फर्किन धेरै समय लाग्नेछ ।त्यसैले नेपाली पर्यटनलाई अब नयाँ शीराबाट अगाडि लैजानु आवश्यक देखिन्छ । पुरानै शैलीमा यसको उत्थान सम्भव छैन । गुजारा चलाउने कुरा आफ्नो ठाउँमा छ, तर पर्यटनबाट समृद्धि हासिल गर्न भने, नयाँ रणनीतिक योजना आवश्यक छ । यसका लागि सरकार र निजी क्षेत्र दुवैतर्फबाट सोँच्नु अहिलेको मुख्य आवश्यकता हो ।


नेपालको सबैभन्दा गाह्रो र राम्रो आम्दानी भएको पर्यटनमध्येको हिमाली पर्यटन नै हो । हिमाली क्षेत्रका करिब ८० प्रतिशत मानिस पर्यटनमै आवद्ध छन् । कारोना कहरका कारण उनीहरुको जनजीवन पनि प्रभावित बनेको छ ।
हिमाली पर्यटन र नेपालको सबै पर्यटन क्षेत्रको उत्थानका लागि अब के कस्ता उपायहरु अवलम्बन गर्नुपर्छ ? यो लकडाउनको अवधिमा पर्यटन क्षेत्रमा के कस्ता सुधार आवश्यक छन् भन्ने विषयमा आजको शृंखलामा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामासँग कुराकानी गरेका छौं ।

यो समयमा हिमाल सफाइ थालौं

विश्वका विभिन्न देशबाट आउने पर्यटकहरुमध्ये सबैभन्दा धेरै हिमाल र पर्वतारोहणकै लागि आउँछन् । अब अहिलको स्थिति हेर्दा कम्तिमा पनि दुई÷तीन वर्षसम्म नेपालमा बाह्य पर्यटक आउने सम्भावना छैन ।
त्यसैले यो अवधिमा हाम्रा लागि चुनौती मात्रै होइन, अवसर पनि हो । हामीले हाम्रा अधुरा कामहरु गर्नका लागि ।

सबैभन्दा अहिलेको समयमा महत्वपूर्ण काम भनेकै हिमाल सफाइको हो । पटक–पटक हिमाल फोहोर भएका खबरहरु त आएकै छन् ।

कोरोनाका कारण पर्यटन व्यवसाय नै ठप्प भएको छ ।

यस क्षेत्रसँग आवद्ध धेरै मजदुरले रोजगारी गुमाएका पनि छन् । त्यसैले हामीले केही दिनअघि मात्रै पर्यटन मन्त्रीलाई भेटेर आग्रह गरेका छौं ।

हिमाल सफाइको विषयमा ।वेसक्याम्पहरुमा फोहोर थुप्रिएको छ । त्यो भन्दा पनि माथिल्ला क्षेत्रमा अझै केही शवहरु त्यहीँ छन् ।

तीनलाई व्यवस्थापन गर्न चुनौती भएको छ । आरोहणको सिजन चल्दा बढ्दो ट्राफिकका कारण सम्भव भएको थिएन ।

तर, अहिले कामदार पनि फुर्षदमा छन् र पर्यटकिय चहलपहल पनि छैन ।यस्तो अवस्थामा आरोहण क्षेत्रका विभिन्न संघसंस्थासँग पनि पैसा छँदैछ । सरकारले त्यसमा केही सपोर्ट गरेर हिमाली क्षेत्रको सफाइ गर्न सकियो भने उत्तम हुन्छ ।

भोलीका दिनमा आरोहण खुला भएको अवस्थामा बाहिरबाट हिमाल चढ्न आउने पर्यटकले अब नेपालका हिमालहरु सफा छन् भन्ने सन्देश लिएर जान्छन् ।

मन्त्रीज्युले पनि यसप्रति सकारात्मक रुपमा लिनुभएको छ

संरचना निर्माण

यसपटक माउन्टेन क्लाइम्बिङ शून्य नै भयो । रोग हटे पनि आगामी जनवरीसम्म हामीले पर्यटक आउने अपेक्षा गरेका छैनौं । अर्को वर्षको जुनदेखि सुधार हुने आशा छ । यो बीचमा गाइडहरुको आर्थिक सहायताका लागि सरसफाइ गर्ने कामहरु गरिनुपर्छ ।


संरचना निर्माण पनि यतिबेला गर्नुपर्ने मुख्य काम हो । वेस क्याम्पभन्दा माथिका क्षेत्रमा गर्नुपर्ने कामहरु धेरै छन् । वेस क्याम्पसभन्दा माथिका बाटोहरु धेरै अप्ठ्यारा छन् । ती बाटोहरु बनाउनुपर्र्न छ । त्यहाँ धेरै ठाउँमा नयाँ डोरीहरु राख्नुपर्नेछ ।


स्तरीय शौचालयको अभाव छ । शौचालय, भरियाहरु बस्ने सुरक्षित सेल्टर निर्माणको यतिबेला हुनसक्यो भने, लकडाउनपछि पर्वतारोहणका लागि निकै सहज हुनेछ । यस्तो गर्दा कामदारले रोजगारी पनि पाउनेछन्, र हाम्रो हिमाली सौन्दर्य पनि कायम रहनेछ ।

लकडाउन प्रणाली परिवर्तन गरौं

सँधै नागरिकलाई घरभित्रै थुनेर पनि हुँदैन । कहिलेसम्म यसरी संक्रमण नियन्त्रण गर्न सकिन्छ । लामो समयसम्म यस्तै रहयो भने त हामीले अर्को ठूलो महामारी भोकमरीको सामना गर्नुपर्ने अवस्था पक्कै आउँछ ।
त्यसैले अब लकडाउनको प्रणाली केही परिवर्तन पनि गर्नुपर्छ ।

मानिसहरु लामो समयदेखि घरभित्रै थुनिँदा उकुसमुकुस भइसकेका छन् । सुरषा अपनाउनु अहिलेको मुख्य आवश्यकता हो । तर, आन्तरिक पर्यटनको बहस चलिरहेका बेला केही आन्तरिक पर्यटकलाई घुम्नका लागि खुला गरिनुपर्छ ।


घुम्नका लागि आफ्नै निजी गाडी भएकाहरु पनि धेरै छन् । पर्यटकीइ क्षेत्रका होटलहरुलाई सुरक्षित बनाउने र सिमित पारिवारिक भ्रमणमा निस्कन चाहेनलाई सुरक्षाका उपायहरु अपनाउन दिएर घुम्ने वातावरण बनाइदिनुपर्छ ।
तर, स्वास्थ्य सुरक्षाको विषयमा मध्यनज गर्नु भने हुँदैन । आन्तरिक घुमफिरका कार्यक्रमहरु ल्याउनुपर्छ । हामीले यसका लागि पनि सम्बन्धित ठाउँमा ध्यानाकर्षण गराएका छौं ।

प्रचार शैली र प्रवेश शुल्कमा सहुलियत

लकडाउनपछि गर्नुपर्ने मुख्य काम भनेको प्रचार प्रसार नै हो । हामीले यो अवधिमा हाम्रा अधुरा कामहरु पूरा गरेर नयाँ रुप दिन सक्यौं भने, त्यसैलाई आधार बनाएर प्रचारप्रसार गर्नुपर्छ । अहिलेको जमाना भनेको डिजिटल जमाना हो ।
त्यसैले प्रचार प्रसारका लागि डिजिटल माध्यमलाई नै प्राथमिकता दिनुपर्छ । उनीहरुलाई हाम्रा नयाँ तथा पुराना सुधार भएका डेस्टिनेसका बारेमा जानकारी दिनुपर्छ ।

कतिपय ऐतिहासिक र अध्ययनका लागि महत्वपूर्ण स्थानका बारेमा जानकारी गराउन सकेका छैनौं । अब भने, त्यस्ता क्षेत्रलाई पनि फोकस गर्नुपर्छ ।


र अर्को महत्वपूर्ण कुरा भनेको प्रवेश शुल्कमा सहुलियत नै हो । विश्वभरका मानिसले रोजगारी गुमाएका छन् । उनीहरु पनि आफू सम्पन्न भएपछि न घुम्न आउने हुन् । त्यसैले अवस्था सामान्य नहुँदासम्म हाम्रा डेस्टिनेसनमा आउने पर्यटकको प्रवेश शुल्कमा हेरफेर गरिनुपर्छ ।


पर्यटनको जग बसाल्न आन्तरिक र बाह्य सुरक्षाका मुद्दा पनि छन् । तीनलाई मध्यनजर गर्नुपर्छ । यो मन्दीको बेलामा सहुलियत दिन सकेनौं भने, महँगीका कारण हाम्रो पर्यटन माथि उस्कन सक्दैन । पर्यटकीय शुल्कमा सुहुलियत दिनुपर्छ ।


अब हामीले हाम्रा छिमेकी पर्यटकलाई भुल्नु पनि हुँदैन । लकडाउनपछि भारतीय र चिनियाँ पर्यटकका लागि आकर्षक प्याकेज ल्याउनुपर्छ । पहिलो कुरा त नेपालका पर्यटकिय क्षेत्र स्वास्थ्य सुरक्षा र सुविधाका हिसाबले सम्पन्न छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।


र यतिबेला पर्यटकीय गतिविधिका लागि आवश्यक सामग्रीमा पनि आन्तरिक उत्पादनलाई बढावा दिनुपर्छ । यदि सबै सामग्री हामीकहाँ नै उपलब्ध भए भने, हाम्रो आम्दानीमा पनि बृद्धि हुन्छ ।


Facebook Comment


No ads found for this position