न्यूनतम शुल्कमा होटलमा क्वारेन्टाइन बनाउन सकिन्छ

काठमाडौं–लकडाउनका कारण अहिले सबैतिर जनजीवन अस्तव्यस्त छ । यस्तै बढ्दो कोरोना संक्रमितलाई व्यवस्थापन गर्न सरकारलाई सकस भइरहेको छ । दैनिक भारतबाट आउने हजारौंलाई कहाँ राख्ने भन्ने अन्योल छ ।
अहिले होटलमा क्वारेन्टाइन बनाउने बहस पनि भइरहेको छ । तर, कस्तो खालको व्यवस्थासहित क्वारेन्टाइन बनाउने भन्नेबारे एकिन भइसकेको छैन ।


अहिले व्यवसायीले होटलाई व्यवस्थित क्वारेन्टाइनका रुपमा लैजान सकिने धारणा अघि सारेका छौं ।होटल अरुभन्दा सुरक्षित र व्यवस्थित पनि छन् । बरु तीनलाई व्यवस्थित गरी लैजान सकियो भने संक्रमण रोक्न चुतौती हुँदैन । किनकी गाउँघरमा बनको अधिकांश क्वारेन्छाइन व्यवस्थित छैनन् । होटलमा बाथरुमदेखि कोठाहरु पनि छुट्टै हुन्छन् । हामीले निशुल्क दिने भनेका पनि छैनौं । तर, बजार मूल्य भन्दा कम र होटलवालाई पनि मार नगर्नेगरी शुल्क निर्धारण गरेर क्वारेन्टाइन बनाउने होटल व्यवसायीहरु तयार छन् ।

यसो हुँदा आशंकिताको सुरक्षा पनि हुने र होटलवालाहरुको व्यवसाय जोगाउन पनि सहज हुन्छ । कतिपय आफैं रकम तिरेर पनि होटलमा बस्न चाहेका छन् । उनीहरुका लागि उपयुक्त नै हुन्छ ।
विस्वभर फौलिएको कोभिड–१९ को प्रभावले गर्दा नेपालको समग्र पर्यटन क्षेत्र सिथिल बनेको छ । एकातिर व्यवसाय बन्द छ भने अर्कोतिर घर भाडा, कर्मचारीको तलब, बैंकको ऋण आदि–इत्यादि कुराले सबैजसो साना ठूला भनिएका व्यवसायीलाई पिरोलेको छ ।

यसै सन्दर्भमा नेपालको पर्यटनमा विशेष योगदान दिएको एअरलाइन्स, होटल र सवारी साधन, भएका भेहिकल कम्पनीहरुलाई थप पिडा र बेदना छ । कोरोनासँग सँधै भागेर हैन सावधानी अपनाउँदै जुझ्नुपर्छ । नेपाल सरकारले विदेशबाट ल्याउन लागेका नेपालीहरुलाई व्यवस्थापन गर्न एअरलाइन्स, होटल र पर्यटक गाडीहरु प्रयोग गर्नको लागि अब हामी सबैले पहल हुनुपर्छ ।


त्यसो त होटल एसोसियसन नेपालले केही दिनअघि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा होटल क्वारेन्टाइनको लागि विदेशमा रहेका नेपाली अथवा अन्य होटल क्वारेन्टाइनमा बस्न चाहनेहरुको लागि आफनो तर्फबाट दिन सकिने सेवा र शुल्क प्रस्ताव गरेको रहेछ ।


केहि दिनअघि मात्र पनि स्वास्थ मन्त्रालयले विभिन्न अस्पतालमा कार्यरत डाक्टर र स्वास्थसँग सम्बन्धित अत्यावश्यक कर्मचारीको लागि प्रतिव्यक्ति २ हजार (खाना सहित) दिने गरि होटल खोजिएको रहेछ । त्यो मूल्यअनुसार होटल एसोसियसन नेपाल सहमत हुन नसकेपछि अन्य होटल एसोसियसनसँग समन्वय गरि उनीहरु माताहतको होटलमा व्यवस्थापन गरिएको रहेछ ।


पर्यटन व्यवसायी त्यो पनि हाम्रो मन्त्रालय अन्तर्गत रहेको र हामी आम व्यवसायहरुले इजाजत लिँदा पनि पर्यटन मन्त्रालयअन्तर्गत रहेर सबै प्रक्रिया पुर्यायर होटल व्यवसाय सन्चालन गरिरहेका छौं । त्यसैले विदेशबाट ल्याइने नेपालीहरुको हकमा हामी पर्यटनसँग सम्बन्धित साना ठूला होटल, पर्यटक सवारी र डोमेस्टिक एअरलाइन्सलाई सेवा गर्ने अवसर दिइनुपर्छ ।


हानले प्रस्ताव गरेको मूल्यलाई फेरि छलफल गरी वस्तुगत ढंगले आपसी समझदारिमा टुंग्याऔं । स्तरअनुसार सेवा लिन चाहनेहरुलाई पनि त्यही अनुसारको सुविधा दिँँऊ । नेपाली भन्दैमा सबै न्यून स्तरका पनि छैनन् । यो बेला पैसा कमाउनेभन्दा पनि सेवा दिने बेला पनि हो । कमसेकम घर भाडा, बैंकको किस्ता, कर्मचारीको तलब, बत्ति पानीलगायत अन्य खर्च धान्न सकिने मात्र भय पनि व्यवसाय टिकाउनको लागि व्यव्सायीलाई ठूलै राहत हुन्छ ।


एकातिर समन्वय नहुने र अर्कोतिर व्यवसायीआहत भैरहने हो भने यो सबैको लागि दुर्भाग्य हुनेछ । हामी सरकारलाई हाम्रा होटल, गाडी अथवा आवश्यक पर्ने र गर्न सकिने सबै सहयोग गर्न तयार छौं । होटल सम्बन्धी कार्य होटल एसोसियसनले सरकारसँग लचकताको साथ वार्ता गरोस, नकि अरुले सेवा दिने हामी झिंगा भन्कायर बस्ने दिन पनि नआओस् ।


अन्तमा हाम्रे अभिभावक पर्यटन मन्त्रालय हो । हामी त्यहि मन्त्रालयको नीति नियम पालना गरी त्यही दर्ता भै चलिआएका छौं । त्यसैले हाम्रो दावी स्वभाविक रुपमा पर्यटनसँग सम्बन्धित कार्यमा हाम्रो सहभागिता हुनुपर्छ भन्ने जिकिर पनि हो । होटल एसोसियसनले एउटा मूल्य दिने जसमा मन्त्रालय सहमत नहुने र अन्यत्र डाईभर्ट हुने नहोस्, बसेर वार्ता गरी आपसी समझदारीमा विषय टुंग्याऔ । होटल एसोसियसन पनि अनावस्यक ढंगले जब्बर नबनोस ।

होटल सञ्चालकहरु फेरि अनियन्त्रित भै स्वविवेकिय ढंगले निर्णय गर्ने ठाउँमा पुग्ने र तपाइँहरु आवश्यक पहल नगरी बस्दा व्यवसायी पीडित बनेको खण्डमा त्यसको भागिदार तपाइहरु नै हुनुहुनेछ ।
सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गरी उपयुक्त निकास निकालौं, कोरोनासँग सावधानी अपनाउँदै जुझ्दै अगाडि बढौं ।
जय पर्यटन
कुमार थापा होटल उडल्याण्ड , ब्युटिफुल काठमाडौं होटल, हिमालय इन्टरनेसनल योगा एकेडेमिररिसोर्टका संचालक हुन्


Facebook Comment


No ads found for this position