कांग्रेसको प्रतिक्रिया- दुई तिहाइको सरकारले भिजनसहितको बजेट ल्याउन सकेन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले आगामी वर्षका लागि बिहीबार ल्याएको बजेटले कोरोनाभाइरसको महामारीको अप्ठेरो बेलामा नयाँ दिशा दिन नसकेको प्रतिक्रिया दिएको छ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरिसकेपछि प्रतिक्रिया दिँदै छाया सरकारका अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद मीनेन्द्र रिजालले कोरोना महामारी अर्थतन्त्र खुम्चिने सर्वत्र अनुमान भइरहेका बेला २२ प्रतिशत राजश्व बढाउने गरी बजेट ल्याउनु वुद्धिमतापूर्ण नभएको बताए।

उनले वैदेशिक ऋण पोहोरभन्दा १ सय ५० प्रतिशतले बढाउने लक्ष्य राख्नु पनि अवास्तविक भएको तर्क गरे।

‘वैदेशिक ऋण नआए आन्तरिक ऋण बढाउनु पर्ने हुन्छ। त्यसका लागि अहिले धरासायी भएका उद्योग व्यवसायी प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ,’ रिजालले भने,‘यसले एकातिर उद्योगीलाई मार पार्छ भने अर्कातिर पुँजीगत खर्चका लागि रकम पुग्दैन।’

उनले सरकारले अहिले यति ठूलो बजेट बनाउन जरूरी नभएको बताएर।  

‘अहिले कोरोना महामारी केन्द्रीत भएर बजेट ल्याएर पछि पूरक बजेट पनि ल्याउन सकिन्थ्यो,’ उनले भने,‘तर सरकारले वास्तिकताका आधारमा बजेट ल्याएन।’

उनले अहिले अहिलेका अर्थमन्त्री राजनीतिकभन्दा बढी व्यवसायिक व्यक्ति भएकाले पनि महामारीको बेलाको  जस्तो राजनीतिक बजेट आउन नसकेको बताए।    

‘दुई तिहाइको बलियो सरकारले कठिनाइको भिजनमा ल्याएर आउनुपर्थ्यो, कल्पनाशील बजेट आउनु पर्थ्यो। बजेट हेर्दा यसले सरकारको असफलता देखाउँछ,’ रिजालले भने।


Facebook Comment


No ads found for this position