पर्यटन क्षेत्रलाई राम्रै सम्बोधन गरेको पाए

मैले समग्रमा भन्नु पर्दा सरकारले पर्यटन क्षेत्र लाई राम्रै सम्बोधन गरेको पाए ।सरकारले तत्काल पर्यटन क्षेत्रको पुनर्स्थापना गर्न ५० अर्बको राहत कोषको घोषणा सहित ५ प्रतिशत ब्याज दरमा सहुलियत उपलब्ध गराउने भनेको छ ।

राष्ट बैक मार्फत कर्जाको पुनताजकीकरण, ब्याजमा सहुलियत, हरेक प्रदेशमा पर्यटन पूर्वाधार बनाउन १ अर्ब २६ करोड रुपैयाँ बिनियोज का साथै होटल तथा एयरलाइन्सलाई कर तथा नबिकरण शुल्क छुट दिने जस्ता कुरालाई समेटेको छ ।

कोरोना संक्रमणको जोखिम कम हुनेबित्तिकै नयाँ पर्यटकीय सेवा विकास गरिने , पर्यटन विश्वविद्यालय स्थापना लागि सम्भाव्यता अध्ययन गरिने र माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन समावेश गरिने ,

रारा ताल क्षेत्रको गुरुयोजना तयार गरिने र आन्तरिक पर्यटन प्रवर्द्धन गरिने , सरकारी कर्मचारी लाई देश भर्मण गर्न प्रेरित गरीने बिषयले आन्तरीक पर्यटनलाई महत्व दिएको देखिन्छ ।

अन्तरास्टिय बिमानास्थल निर्माण लाई जारी राख्ने जस्को लागि २९ अर्ब ४२ करोड बिनियोजित हुनु साथै डोमेस्टीक बिमानस्थल निर्माण एबम स्थर उन्नती जस्ता बिषयहरु समेटिनु समग्र पर्यटन क्षेत्रको हितमा छ ।

पुनर्स्थापना कोषले सबै सरोकार वाला पक्षलाई उचित ढंग बाट समेटन सके पर्यटन क्षेत्र बीस्तारै लयमा फर्कन्छ कि भन्ने मलाई आशा पलायो छ ।

राजेन्द्र प्रसाद सापकोटा नेपाल पर्यटन बोर्डका पुव संचालक समितिक सदस्य एव आउटडोर हिमालयलन टेक्स संचालक समेत हुन


Facebook Comment


No ads found for this position