कार्यक्रम शैलीका हिसाबले बजेट सकारात्मक नै छ तर……

विगतको तुलनामा कार्यक्रम शैलीका हिसाबले बजेट वक्तव्य सकारात्मक नै छ । थुप्रै नाराहरुले सुसज्जित हुने गरेका बजेट वक्तव्यहरु यसपाली नारारहित छन् ।

विगतको अनुभवका आधारमा पाठ सिकेर होला यसलापाली केही मात्रामा भए पनि व्यवहारिक पक्षलाई समेट्दै परिणाम ल्याउन खोजिएको देखिन्छ । कोभिड महामारी पछिको प्राथमिकताका हिसाबले प्रहिलो पटक स्वास्थ्य र कृषि क्षेत्रले उच्च प्राथमिकता पाएका छन् ।


पर्यटन क्षेत्रमा समग्रमा उद्योग बचाउने र उद्योग बढाउनेतर्फ राहत र प्रोत्साहनका उल्लेख्य कार्यक्रमहरु नरहे पनि केही कार्यक्रमहरुले उद्योगलाई चलायमान बनाउन सहयोग पु¥याउने देखिन्छ ।

खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सोैन्दर्यिकरण र स्तरोन्नती, निर्माणधीन लुम्बिनी र पोखराका अन्तर्राष्टिय विमानस्थल यसै वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याउने भनिएकोले नेपालसम्मको पर्यटकको पहुँच जहिले पनि साँघुरो रहेने गरेको सन्दर्भमा यसले पर्यटन उद्योगमा महत्वपूर्ण टेवा पु¥याउने छ ।

लामो समयदेखि निजी क्षेत्रले माग गर्दै आएको इन्धन तथा विमानस्थलका पार्किंङ, ल्यान्डिंङ जस्ता शुल्कमा छुट दिने र इन्धनमा पूर्वाधारकर स्वरुप प्रतिलिटर १० रुपैयाँ उठाउँदै आएको रकमसमेत छुट हुनुले हवाइ सेवा शुल्क कम हुन गई बढी यात्रुहरु लाई यात्रा गर्न सहज हुने देखिन्छ ।

विगतमा गन्तव्य विकासका नाममा छरिने गरेको बजेटको ठाउँमा एक प्रदेश एक गन्तव्यको अवधारणा बमोजिम आएको कार्यक्रम सकारात्मक छ ।

गत वर्ष दुई अर्ब ८० करोड रहेकोमा आगामी वर्षका लागि एक अर्ब २६ करोड बजेट विनियोजित छ पर्यटकीय गन्तव्य विकासका लागि जुन गर्त वर्ष भन्दा कम हो । वास्तवमा ठूला गन्तव्य निर्माणमा यो रकम न्यूननै छ ।तर, यसका लागि निजी क्षेत्रसँगको सहकार्य निकट्ताका साथ बढाउनुपर्ने हुन्छ ।

कोभिडको महामारीपछि आउने एक डेढ वर्ष पर्यटक आगमन संख्यामा कमी आउने र नेपालमा भौतिक पूर्वाधारको अवस्था पनि कमजोर रहेको हुँदा विद्यमान पर्यटकीय गन्तव्यहरुको स्तरोन्नतिमा बढी जोड दिएको भए बढी फलदायी हुने थियो ।


समग्र पर्यटन क्षेत्रको उद्धार तथा उत्थानका लागि राष्ट्र बैंकमार्फत परिचालन हुने गरी ५० अर्ब बजेट व्यवस्था गरिनुलाई पनि सकारात्मक नै मान्नुपर्छ । महा भूकम्प पश्चात आएको यस्तै खाले प्याकेजबाट निजी क्षेत्र तथा कामदार वर्गले सुविधा दिन निकै कठिनाइ रहेको परिस्थति थियो । यसपली त्यो नदोहरिने गरि कार्यान्वयन गर्ने निकायले सहजता प्रदान गर्न नसकेमा फेरि पनि यो कार्यक्रम प्रभावकारी हुन सक्ने छैन ।


देश दर्शनका नाममा आन्तरिक पर्यटन को कार्यक्रम आएको छ । जसले केही हदसम्म भए पनि पर्यटन क्षेत्रलाई राहत दिन सक्नेछ । सरकारी तथा निजी क्षेत्रका संगठित संस्थामा कार्यरत कर्मचारीलाई दिइने भ्रमण बिदा कति दिनको र कति रकमको भनेर उल्लेख नगरिएको हुँदा कर्मचारीहरुलाई भुक्तानीसहितको भ्रमण बिदा हुने हो वा संगठित क्षेत्रलाई अनुरोधका रुपमा आएको हो भन्नेमा स्पष्टता छैन ।


यदि अनुरोधमात्रै हो भने यसको खासै प्रभाव रहने छैन । पर्यटन तथा संस्कृति क्षेत्रका थुपै्र कार्यक्रमहरुले निरन्तरता पाएका छन् । यसबाहेक गृह मन्त्रालयअन्तर्गको इ–भिसा कार्यक्रम तथा बन तथा कृषिअन्तर्गतका केही कार्यक्रमहरु पनि पर्यटनको विकास तथा प्रवद्र्धनका लागि सहयोगी हुने देखिन्छन् ।


त्यसै गरी चालू आवमै स्थापना गर्ने भनिएको पर्यटन मानीत विश्वविद्यालय फेरि नयाँ आवमा सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । र माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने कार्यक्रम पनि कार्यक्रमका लागि कार्यक्रम मात्रै हुने देखिन्छ ।


वास्तमा पर्यटन क्षेत्र एक सेवामुखि व्यवसायको क्षेत्र भएकाले प्राज्ञभन्दा भोकेसनल तालिमयुक्त कामदारहरु बढी आवश्यक हुन्छन् यस क्षेत्रमा । तसर्थ त्यस्ता पेशागत दक्षताका उल्लेख्य मात्रामा तालिमका कार्यक्रमहरु आएको भए सेवाको गुणस्तर बढेर गन्तव्यको छवि उच्च हुन जान्थ्यो भने बढीभन्दा बढीले रोजगारका प्रशस्त अवसरहरु पनि प्राप्त गर्ने थिए ।


भनिन्छ विकास गर्न अप्ठेरो भैरहेका देशका लागि विकासको लय समाउन इतिहासमा एक पल एक पल्ट आउँछ । त्यो पल कहिले राजनैतिक रुपमा व्यवस्था परिवर्तन हुँदा आउछ त कहिले यस्तै खाले संकटहरुले ल्याएको हुन्छ ।

नीतिीका हिसाबले, कार्यक्रमका हिसाबले, र बजेटको प्राथमिकताका हिसाबले यस्ता पलहरु समाएर हामीले हिँड्ने साहस हिँजो पनि गर्न सकनौं र यसपालीको नीति तथा कार्यक्रम र बजेट वक्तव्यले बक्तव्यले पनि त्यो महत्वपूर्ण पल समाएर हिँडन चुकेको देख्छु म । नयाँ कार्यक्रम, नयाँ संरचना, नयाँ विधिका साथ अघि नबढ्दा नयाँ परिणाम पाउन सकिँदैन ।

हरेक सरकारका दृढ चाहना हुँदा हुँदै पनि सकारात्मक परिणाम हासिल गर्न नसकिनुमा हाम्रो संस्कृतिनै बनि सकेको अनुत्पादक वातावरण, कार्यशैली, विधि, प्रक्रिया, सोचहरु पनि एउटा महत्वपूर्ण कारण हो ।
जे जति कार्यक्रम आएका छन् त्यतिनै पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेमा मात्रै पनि रामै्र उपलब्धि हासिल गर्न सकिने छ । सफल कार्यान्वयनको शुभकामना ।

दीपक राज जोशी, निर्वतमान कार्यकारी निर्देशक, नेपाल पर्यटन बोर्ड


Facebook Comment


No ads found for this position