प्राध्यापक उपाध्यायका चार पुस्तक, साहित्यक पाठक तथा अनुसन्धानकर्ताका लागि उपयोगी

काठमाडौं–कवि तथा लेखक प्राध्यापक जगत उपाध्यायका चार वटा पुस्तक सार्वजनिक भएका छन् । चैत्र २८ गते विमोचन गर्ने तयारी गरे पनि लकडाउनका कारण उनले अन्नतः आफ्ना चारवटै पुस्ककको कभर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।


आरम्भ नामक हाइकु संग्रह, म, माटो र मुटु कविता संग्रह, काव्य परिशीलन र आलोचनात्मक भूमिकाहरु पुस्तक उपाध्यायले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
यी पुस्तकहरुमा सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्नेहरुका लागि बहुउपयोगी अध्ययन सामग्री बन्ने उपाध्यायले बताए ।


हाइकु संग्रहमा २११ वटा हाइकु समावेश छन् । वर्तमान राजनीतिक, सामाजिक परिवसलाई समेटेर हाइकु तयार पारिएको छ । उनले करिब २०४९ देखि २०७५ को अवधिमा आफूले रचना गरेका एक हजार दुई सय हाइकुमध्ये उत्कृष्ट २११ वटा यस संग्रहमा समावेश भएको जानकारी दिए ।


यस्तै, म, माटो र मुटु कविता संग्रहमा पनि राष्ट्रभक्ति, सीमानाका मुद्दा, हाम्रो सामाजिक संरचनाका विषय उल्लेख छन् । काव्यपरिशीलनमा विभिन्न समयमा नेपाली कविताको छन्दको शास्त्रीय अध्ययन सामावेश छ ।


नेपाली कविहरुका लागि यो पुस्तक एक अध्ययन सामग्रीको रुपमा स्थापीत हुने उनको भनाइ छ । यसमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको योगदान, इतिहास अध्ययन गरेर समेटिएको छ । दैलेखी न्याउला गीत, दुल्लु क्षेत्रमा प्रचलित भैली र सबै कवितासँग सम्बन्धित अध्ययन सामग्रीहरु काव्यपरिशीलनमा उल्लेख छन् ।


यस्तै, उनको चौथो पुस्तक आलोचनात्मक भूमिकाहरुमा विभिन्न समयमा लेखिएका पुस्तकहरुमाथि गरिएको समीक्षाको संग्रह हो । भैरव रिसालको पुस्तकदेखि अन्य साहित्यकारका पुस्तकबारे उपाध्यायले विभिन्न समयमा गरेका समीक्षाहरु यो संग्रहमा समावेश छन् ।


उपाध्यायले यी सबै पुस्तकहरु नेपाली साहित्यमा रुचि राख्नेहरुका लागि साहित्य र समाज बुझ्ने तथा अध्ययन गर्नका लागि बहुउपयोगी सावित हुने दाबी गरे ।


Facebook Comment


No ads found for this position