गतिलो गुरुयोजना नभइ कर्णालीको पर्यटन उस्किँदैन

काठमाडौं–कोरोनापछि पर्यटन क्षेत्रमा परेको असरबारे हामीले विगत दुई महिनादेखि विभिन्न सरोकारवालासँग कुराकानी गर्दै आएका छौं । लकडाउनले सुरुमै प्रभावित बनेको नेपाली पर्यटन क्षेत्र लकडाउन अन्त्यपछि पनि हत्तपत्त माथि उठ्नेवाला छैन ।

किनकी जनजीवन समान्य भएर मानिसहरु आत्मनिर्भर भएमात्रै पर्यटकीय चहलपहल बढ्छ । बाह्य पर्यटकको हकमा पनि अवस्था यही नी हो । नेपाली पर्यटनको विस्तार करिब तीन दशकदेखि भए पनि यसले अहिल उच्च रुप एक दशकदेखि नै लिएको हो ।

शान्ति प्रक्रिया नेपालमा घुम्ने वातावरण बनेको थियो । यो अवधिमा पनि जति विकसित र स्थापीत हुनुपर्ने हो त्यो हुन सकेन । कारण, राज्यको प्राथमिकतामा पर्यटन कहिल्यै पर्न सकेन । त्यसमाथि कर्णालीको पर्यटनमा त विगत र अहिलेमा खासै फरक देखिँदैन ।

अथाह सम्भावना भए पनि पुग्ने मार्ग सहज नहुँदा, अत्यधिक महँगो र पर्यटकीय सुविधा नहुँदा कर्णालीमा विदेशबाट आउने पर्यटकको संख्या सिमित नै छ । आजको शृंखलामा हामीले यो लकडाउन, यसले सिर्जना गरेको अवसर र लकडाउनपछि कर्णालीको पर्यटन कसरी माथि उकास्न सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायी जीतेन्द्र झाँक्री सँग कुराकानी गरेका छौं ।

गुरुयोजना अहिलेको आवश्यकता

देशभरको पर्यटनको अवस्था ध्वस्त हुँदा पनि कर्णालीमा यसको प्रभाव केही होटल व्यवसाय बाहेक अन्यत्र परेन । कारण हो कर्णालीमा पहिल्यैदेखि खासै पर्यटकको बाक्लो उस्थिति नहुनु । कत वर्ष प्रदेश सरकारले पनि पाँच लाख पर्यटक भित्र्याउने उदेश्यका साथ भ्रमण वर्ष मनाएको थियो ।

तर, यो कार्यक्रमले त्यति प्रभावकारिता दिन सकेन । यस्तै, पहिले पनि खासै प्रयास भएनन् । त्यसैले केही संख्या मात्रै कर्णालीमा पर्यटक आउँछन् । अब यो लकडाउनकाे समयमले हामीलाई एउटा अवसर पनि दिएको छ । पुर्वाधारका हिसाबले कर्णालीकाे पर्यटकीय स्थलका बाटाहरू कमजाेर रहेका छन्र ।

लकडाउनका समयमा पुर्वाधारहरू निमार्ण गर्न सकियाे भने भाेलीका दिनमा पर्यटककाे अागमन राम्रेा हुन सक्छ जस्ताे लाग्छ । लकडाउन लगतै र काेरानाकाे प्रभाव कम भएपछि अान्तरीक तथा विदेशी पर्उटकलाइ लक्षीत गरी प्रचार प्रसार गर्न सकियाे भने भाेलीका दिनमा अान्तरीक तथा बाह्य पर्यटककाे अागमनमा बृद्धी हुन्छ ।

कर्णालीलाई पनि पर्यटकीय मुल धारमा ल्याउन मास्टरप्लान अहिलेको आवश्यकता हो । मास्टरप्लानबिना गरिएको कुनै पनि काम दिर्घकालीन हुनसक्दैनन् । अहिले नजिकै प्रदेश सरकार छ, सम्बन्धित गन्तव्यस्थलका स्थानीय सरकार छन् ।

हामी निजी क्षेत्रबाट पनि लामो समयदेखि यस क्षेत्रमा लागिपरेका छौं । यदि सरकारले आँट ग¥यो भने, गुरुयोजना निर्माणमा हामी सघाउन तयार छौं । अहिले गुरुयोजना नबनाइ हामीले दिर्घकालीन विकास गर्न सक्दैनौं ।

कर्णालीमा समभावना नभएको होइन, अहिले पनि राम्रो बाटोघाटो नहुँदै पनि केही पर्यटकहरु सम्बन्धित क्षेत्रमा पुगेकै छन् । सरकारले लकडाउनपछि बाह्य पर्यटक र आन्तरिक पर्यटकको सहज पहुँच हुनेगरी नीतिगत योजना बनाउनुपर्छ ।

लकडाउनमा संरचना विस्तार

अन्यत्र जनजीवन समान्य हुँदा पनि हामी कर्णालीका लागि सँधै लकडाउनजस्तै हो । किनकी यहाँसमम पुग्न न सहज सडकमार्ग नै छ । न हवाइ भाडा सबैले सहजै तिर्नसक्ने नै छ । यति हुँदा पनि हामीले केही विदेशी पर्यटक त भित्र्याउन सक्थ्यौं ।

तर, त्यसैमा पनि विभिन्न कर, प्रवेश शुल्क र अत्यधिक भाडा महँगो भएकाले अत्यावश्यक काम परेकाबाहेक अरुको उपस्थिति छैन । यसले गर्दा न यहाँको पर्यटन विकास नै भयो, न स्थानीयको जनजीवनमा प्रभाव प¥यो ।

हिमाली पर्यटनको कुरा गर्दा सगरमाथा बाहेक अन्य पश्चिमको पनि उस्तै सम्भावना भएको हो । बस हामीसँग सगरमाथा मात्रै छैन । तर, चढ्नलाई अनेक किसिमका महत्वपूर्ण हिमालहरु छन् । तै पनि यहाँसम्म पुग्ने मार्ग सहज र सहुलितपूर्ण नहुनाले पनि कर्णालीको पर्यटन माथि उस्कन सकेन ।

अब लकडाउनले हामीलाई यो विगतको कमजोरी सुधारर्ने मौका दिएको छ । प्रदेश र स्थानीय सरकारसँग बजेट नभएको पनि होइन । भएको बजेटलाई यतिबेला सदुपयोग गरी पदमार्ग निर्माण, भएका बाटोहरु चौडा गर्ने लगायतका कामहरु गर्न सकिन्छ ।

यतिबेला कर्णालीका केही जिल्ला सुरक्षित पनि देखिएका छन् । ती जिल्लाहरुमा बाहिरबाट कामदार ल्याउन सकिने अवस्था छैन । बाहिरबाट कामदार ल्याउँदा संक्रमण भोली फैलिन सक्ने जोखिम बढी हुन्छ ।

तर, सुरक्षित देखिएका क्षेत्रका जनालाई लगाएर अहिले नयाँ संरचनाहरु निर्माण गर्नसक्यौं भने, लकडाउनपछि हामीले पर्यटक भित्र्याउन सजह हुन्छ ।

प्रचारप्रसारको शैली परिवर्तन गरौं

हाम्रो लागि फरेनर भन्दा पनि छिमेकी देशका पर्यटक नै हुन् । त्यसैले हामीले लकडाउनपछि भारतीय पर्यटकलाई लक्षित गरी हाम्रा प्रचारप्रसार शैली अपनाउनुपर्छ ।

फरेनबाट आउनेको संख्या हामीकहाँ अलिकति कम नै हुन्छ । त्यसैले हाम्रो लागि मुख्य आकर्षण गर्नुपर्ने भारतीय पर्यटक नै हुन् । अब हामीले उनीहरुलाई हाम्रा स्थान सुरक्षित छन् भन्ने विश्वास दिलाउनुपर्छ ।

होटल तथा गन्तव्यस्थलको सुरक्षा र सुविधामा पनि केही सुधार गर्नुपर्छ । हामीले यो बीचमा यी कुराहरुमा सुधार गर्न सक्यौं भने, कर्णालीको पर्यटन पनि केही अवधिमै समग्र देशबराबर नै जान्छ ।


Facebook Comment


No ads found for this position