डलर कमिसनकाे चक्करले पश्चिमको पर्यटन थला पर्यो

काठमाडौं–कोरोनाले संक्रमणले अहिले दक्षिण एसियालाई नराम्ररी थला पारेको छ । लामो समयदेखि बन्दाबन्दी हुँदा अर्थतन्त्र पूरै ध्वस्त भएको छ । मानिसहरु घरबाट बाहिर निस्कन पाउन सकेका छैनन् । छिमेकी देश भारतमा मात्रै आज चार लाख भन्दा बढी संख्यामा कोरोना संक्रमित बनेका छन् ।

कोरोना संक्रमण सुरु भएदेखि नै प्रभावित बनेको नेपाली पर्यटन क्षेत्र अहिले झन् माथि उस्किन नसक्ने गरी थला परेको छ । यो कहरबाट नेपाली पर्यटन उद्योग माथि उकास्न कम्तिमा पनि तीन वर्ष लाग्ने देखिन्छ । मूल धारको पर्यटन माथि उकास्ने बहस गर्दैगर्दा अर्को महत्वपूर्ण पाटो भनेको पश्चिमको पर्यटन पनि हो ।

अथाह सम्भावना हुँदा हुँदै पनि नेपालको पश्चिम क्षेत्रको पर्यटनले गति लिन सकेको छैन । यसमा सरकारका नियकायदेखि ट्राभल एजेन्टहरुको ठूलो हात रहेको पश्चिमका पर्यटन व्यवसायीहरु बताउँदै आएका छन् । आर्थिक, राजनीतिक र नेतृत्वमासमेत वेवास्ता गरिएको पश्चिममा प्रकृतिले दिएको वरदान उपभोगमा पनि विभेद गरिएको छ ।

आजको शृंखलामा हामीले सैयौं वर्षदेखि गति लिन नसकेको पश्चिमको पर्यटन र यसलाई माथि उकास्न के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा पर्यटन विकास समाज (टिडीस)का अध्यक्ष एवं पर्यटन व्यवसायी सञ्जय चौधरीसँग कुराकानी गरेका छौं ।

लकडाउन भनेको सबै काम ठप्प पार्ने होइन नि !

कोरोना महामारीसँगै विश्वभर लकडाउन सुरु भयो । तत्काल भ्याक्सिन नबनिसकाले लकडाउनभन्दा अर्को उपाय सोँचिएन । त्यससँगै नेपालमा पनि लकडाउन सुरु भयो । तर, सरकारले लकडाउन गरेर नागरिक, व्यवसायीलाई घरभित्रै थुन्नेबाहेक अरु कुनै उपाय अपनाउन सकेन ।

यहाँसम्म कि क्वारेन्टाइन पनि व्यवस्थित हुन सकेनन् । त्यही कारण आज नेपालमा लगभग ९ हजारको संख्यामा संक्रमित पुग्न लागेका छन् । हामीले घरभित्रै बसे पनि निजी क्षेत्रका तर्फबाट भोलीका दिनमा कसरी अगाडि जान सकिन्छ भन्ने विषयमा रणनीतिक छलफलहरु गरिहेका छौ्र ।
लकडाउनको अर्थ काम नै नगर्ने भन्ने होइन । सामाजिक दूरी कायम गर्दै काम गर्ने ।

लकडाउनको बुझाइ नै गलत भयो । घरमा बस्ने मिठो–मिठो खाने । यो त लकडाउन नभइ चाडपर्व आएजस्तै भएको छ । लकडाउन भनेपछि संचावित संक्रमणबाट आफू पनि जोगिने र अरुलाई नि जोगाउने हो ।
अहिले हामीले जुम मिटङमार्फत नयाँ–नयाँ रणनीतिक योजनाबारे छलफल गरिरहेका छौं । नयाँ प्रविधि भित्र्याउँदैछौं । हाम्रा उत्पादन, डेस्टिनेसनका बारेमा अनलाइनमा राख्ने तयारी गरेका छौं । बाहिरबाट आउने विदेशीले पनि पूरै जानकारी लिन सकोस् ।


सरकारले पनि यस्तै कामहरु गर्ने पर्ने हो । तर, लकडाउनको नाममा घरमा बस्ने, तलब माग्ने, भत्ता माग्ने काम भइरहेको छ । नियम मिसयुस गरिएको छ । । हामीले सरकारसँग श्रमिक मजदुरलाई राहत देउ भनेको पनि हो । तर, पाँच किलो चामल बाँड्नेबाहेक अरु कुनै काम भएको देखिँदैन । यहाँ नियमित तलब बुझ्नेहरुले पनि ठगेकै छन् ।
लकडाउनको दुरुपयोग भइरहेको छ। यतिबेला हामी नैतिकवान हुनुपर्छ । जसको कुनै स्रोत छैन त्यसका लागि केही गर्नुपर्छ ।

रणनीतिक कामहरु गर्न कसले रोकेको छ र ?

भीडभाडमा निस्केर गर्ने कामहरु पो रोकिएका छन् । बाहिर नकिस्कने मात्रै त हो नि ! यतिबेला रणनीतिक कामहरु गर्नुपरो नि त । यस्ता काममा कसले रोकेको छ र ? मुख्य कर्मचारीले काम गरिदिएका छैनन् । यो गलत भइरहेको छ ।

यतिबेला मेसिनमार्फत हुने कामहरु गर्न सकिन्छ । मानविय दूरी कायम गरेर सबै काम गर्न सकिन्छ नि त । कतिपय निजी क्षेत्रले काम गरिहेकै छन् । हामीले पनि त्यही गर्न सक्छौं । हाम्रो कमीकमजोरी भनेकै पूर्वाधार विकास नहुनु हो । यतिबेला धमाधम बिग्रेका संरचना निर्माण गर्न त सकिन्छ नि !
यदि यसरी काम गर्ने हो भने दोहोरो फाइदा हुनछ ।

एक हामीले विगतमा बनाउन नसकेका संरचनाहरु तयार हुन्छन् । दोस्रो कामविहीन बनेर रोजगारी गुमाएका मजदुरलाई रोजगारी पनि सिर्जना हुन्छ । तर, यहाँ अहिले संक्रमणले भन्दा पनि भोगले मर्नुपर्ने स्थिति आउन लागेको छ ।

डलर कमिसनको खेलले पश्चिमको पर्यटन उस्केन

हामीले पश्चिमको पर्यटन विकासका लागि अर्बौंका संरचना बनाइदेउ भनेका पनि छैनौं । साधारण कुराहरुमा ध्यान दिन आग्रह गरेका छौं । हामीले सरकारलाई के भन्छौं भने, मात्र पोलीसी बनाइदिनुहोस् । सरकारले बजेट भएन भन्छ त्यसमा हाम्रो त्यति धेरै गुनासो पनि छैन ।

तर, नीति बनाउन त बजेटले रोक्दैनन् । मुख्य धारमा नपरेका गन्तव्यहरु छन् । तीनका विषयमा सोँच्नुपर्छ । नेपाली पर्यटनमा केही व्यक्तिहरू यति हाबी छन् कि तीनीहरूले डलरको कमिसनका लागि मन्त्री देखि पर्यटन मंत्रालय सम्मलाई प्रभावमा पारेका छन् ।

यहीकारण सुदूरका गन्तव्यहरु महँगो भएकाे छ । कुनै पनि विदेशीले पश्चिम पुग्न काठमाडौं पुग्नभन्दा पनि महँगो तिर्नुपर्छ । याे बिषयमा मैले नेपाल पर्यटन बाेर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी ‌लाई समेत भेटमा जानकारी गराइसकेकाे छु । उहाँले यसलाइ सकरात्मक रूपमा लिएकाे तथा ठोस पहल भइरहेको जानकारी दिनुभएको छ ।

बरु विदेशबाट काठमाडौं पुग्न सहज र सस्तो छ । तर, पश्चिमका पर्यटकीय गन्तव्यमा पुग्न निकै महँगो र कठिन छ । धनगडी–काठमाडौं दुईतर्फी ४५० डलर, हवाई भाडा मात्र छ । यसलाई नेपालीमा कन्भर्ट गर्दा ५५ हजार खर्च हुन्छ । यति महँगो तिर्नुभन्दा उनीहरुले त्यहीँका गन्तव्यमा मस्ती गरेरै फर्किन सक्छन् ।

यस्तै, रारा तथा फोक्सुण्डो पुग्न कम्तिमा एक लाख रुपैयाँ हवाइ भाडा मात्रै खर्च हुन्छ । यसमा एयरलाइन्स कम्पनी र ट्राभल कम्पनिको ठूलो खेल छ । उनीहरुले एउटा एउटा पर्यटकबाट काठमाणडाै- धनगढी दुईतर्फी १० देिख १५ हजारसम्म कमिसन आउँछ।

पर्यटक भन्नेबित्तिकै सबै धनी नै हुन्छन् भन्ने मानसिकता छ । तर, यहाँ आउने पर्यटक ट्रक ड्राइभरसम्मका पनि हुन्छन् । त्यहाँ काठमाडौं, चितवन लगायतका क्षेत्रमा जाँदा अति सस्तो र पश्चिम आउन अति महँगो किन यस्तो विभेद । हामीले यही कुरामा बारम्बार सरकारसँग आग्रह गरिहेका हौं । तर, सरकारका कर्मचारीहरु नै कमिसनमा लागेकाले उनीहरुले हाम्रा ठाउँको उद्धारमा किन ध्यान दिन्थे र ?

सरकारको पोलीसी र सकारात्मक दृष्टीकोणको कमी । सरकारलाई थाहा पनि छ । केही समयअघि मैले यो डलरमा भाडा तय गर्ने परपाटी हटाउनुपर्छ भन्दा सबै मैमाथि खनिए । उहाँहरुको चासो डलरमा उड्यो भने कमिसन । अन्यत्र भन्दा पश्चिम अझ त्याे भन्दापनी धनगढीमा एक पर्यटकबाट १५ हजरासम्म कमिसन आउँछ।

सरकारले एजेन्टको भनेको ठाउँभन्दा बाहिर काम गर्ने आँट नै राख्दैन । ध्यान काठमाडौं, पोखरा चितवनबाहेक अन्यत्र छैन । हवाइ भाडामा मात्रै सहुलियत दिन सक्यो भने पनि हामीकहाँ धेरै पर्यटक आउन सक्छन् । एड्भेन्चर टुरिजमका लागि पश्चिम सबैभन्दा उपयुक्त गन्तव्य हो ।

निजी क्षेत्रले होटल, रिसोर्ट बनाएका छन् । ती चल्न पनि त पर्यटकको उपस्थिति चाहियो नि त । हामीलाई यहाँ लाखौं खर्च गर्ने सिमित पर्यटक चाहिएको होइन । हामीलाई सस्तो तर धेरै मात्रामा चाहिएको हो । हो हामीले सरकारसँग विगत लामो समयदेखि आग्रह गर्दै आएको पनि सही नीति ल्याइदिनुहोस् भनेको हो । सही नीति नहुँदा नै पश्चिमका पर्यटकीय गन्तव्यहरु ओझेलमा परेका हुन् ।


Facebook Comment


No ads found for this position