माया ले माया तानिरहेछ

हिक्मत सिंह ऐर

माया ले माया तानिरहेछ।

एक आपसका सम्बन्ध बाँडिरहेछ।।

माया के हो ? निस्वार्थ समर्पण नै हो ।

एक आत्माको अर्काप्रति नमन नै हो।।

मनका भाव मुटु हुँदै आखाँमा झल्किन्छ।

एक अर्काप्रतिको समर्पण दर्शिन्छ।।

मायाले बाँधेका सारा सम्बन्ध।

बा– आमाको अलौकिक माया साथी भाइको आत्मीय र सदभावको माया।

जीवन संगीनीको समर्पणको माया ।।

मायाले नै रचेको यो संसार ।

मायाका छन् अनेकौं व्यवहार ।।

स्वार्थ र निस्वार्थ एक अर्कामा अल्झीरहन्छ ।

सारा नाता सम्बन्ध यसैमा बल्झीरहन्छ ।।

हरेक सम्बन्ध आफ्नो स्वार्थ खोजी रहेछ।

स्वार्थी भाव समर्पणमाथि हावी भएछ।

वास्तविक भन्दा बनावटी माया व्यवहारिक भएछ ।।

मानिस समर्पणको भावबाट भागीरहेछ ।

आफ्ना निहित स्वार्थभित्र हराइरहेछ ।।

केही सम्बन्ध हामीले रगतले पायौं ।

केही सम्बन्ध हामीले मायाले बनायौं, पाँउनु र बनाऊनुभन्दा निभाउनु नै उत्तम ।।

स्वार्थले निस्वार्थको मायालाई तानिरहेछ ।

एक आपसका सम्बन्ध बाँडिरहेछ ।।


Facebook Comment


No ads found for this position