बोल्न र सुन्न नसक्ने बच्चाहरुले दर्शन गरेमा निको हुने : सुर्यविनायक मन्दिर (भिडियाेसहित)

सुर्यविनायक मन्दिर भक्तपुरनगर भन्दा २ किलोमिटर दक्षिणमा अवस्थित गणेश मन्दिर हो । काठमाण्डौ उपत्यकामा रहेका प्रमुख विनायक मध्ये एक यो पनि हो । यो मन्दिरको निर्माण आजभन्दा करिब १५ सय वर्ष अगाडि लिच्छिविकालिन राजा विष्णु देव बर्माको समयमा भएको विश्वास गरिन्छ । यस मन्दिरमा बिरामी परेका तथा बोल्न र सुन्न नसक्ने बच्चाहरुलाई दर्शन गराएमा निको हुने विश्वास गरिन्छ ।

सुर्यविनायक नगरपालिका वडा नं ८ मा अविस्थत सुर्यविनायक मन्दिर । यस मन्दिरमा मंगलबारका दिन भक्तजनहरुको घुईँचो लाग्ने गर्दछ ।

मंगलमुर्ति भगवान सुर्यविनायक गणेश आफ्नै छुटै तवरले विराजित हुनु हुन्छ । परापुर्वकालमा उहाँको उत्पति भएको हो भन्ने कुरा स्थानिय वासिले वताउछन ।

कुनै पनि शुभ कार्य गर्नु भन्दा अगाडि सर्वप्रथम भगवान गणेशलाई आवाहन गरिन्छ । मंगलबारका दिन यहाँ आई त्यसतै बोलि नफुटेका बच्चालाई यहाँ ल्याई दर्शन गराउनाले  बच्चाको बोलि फुट्दछ भन्ने जनविश्वास रहि आएको छ ।

 यहाँ अन्य पर्वमा पनि भक्तजनहरुको भिड लाग्ने गर्दछ । यो मन्दिर हरियालि वनजंगलको छेउमा अवस्थित छ ।


Facebook Comment


No ads found for this position