आन्तरिक उडान असोज १ बाट खुल्ने, भाडा पर्यटन मन्त्रालयले तय गर्ने

सरकारले आन्तिरक हवाई उडान पनि १ असोजबाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ असोजबाट हवाई सेवा खुलाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

हवाई सेवा कम्पनीले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्ने पाउने गरी हवाई सेवा सुचारु गरिएको उनले बताए । भौतिक दूरी कामय हुने गरेर एक पंक्तिको सिटमा एक जना यात्रु राख्न पाइने व्यवस्था गरिएको उनको भनाइ छ ।

उनका अनुसार सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने, यात्रु चढ्ने बेलामा विमानको ढोकामा र भित्र सेनिटाइजर गर्नपर्ने, विमान चालक र अन्य उडान कर्मचारीले मास्क, पञ्चा र भाइजर लगाउनु पर्ने र दैनिक रूपमा डिस्इन्फेक्सन गर्नुपर्ने र यो अवधिको भाडा पर्यटन मन्त्रालयले तय गर्ने निर्णय गरेको उनले बताए ।

देशमा कोरोना संक्रमण बढेको भन्दै सरकारले गत वर्ष ९ चैतदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात र व्यावसायिक हवाई उडानमा रोक लगाएको थियो ।


Facebook Comment


No ads found for this position