हवाइजहाजबाट आँखै अगाढी मानसरोबर देख्दा (फाेटाे फिचर)

अविनाश लामा

शब्द/तस्विर

नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम हो हुम्लाको सिमिकोट । समुन्द्री सतह देखि २ हजार ९ सय मिटर उचाईमा रहेको सिमिकोट । सास्कृतीक प्राकृतीक तथा धार्मीक हिसाबले भरिपुर्ण भएर पनी गरीबीको उपमा पाएको हुम्लाले । पछिल्लो समय हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थ स्थल जाने प्रवेशद्धार हुम्लाको सिमीकोट भएपछी केही चर्चा परिचर्चा भएको हो ।
तर जती चर्चा परिचर्चा पाउनु पर्ने हो त्यती पाउन सकेको छैन ।

राष्टिय तथा अन्तराष्टि संचार माध्यमले पनी जहिले पनी गरीबी र पछाडी परेका कुराहरु मात्र उजागर गर्ने गरेका छन् हुम्लाको बिषयमा । देशभर मात्र नभएर विश्वभर कोभिडका कारण सबै क्षेत्र तहस नहस भएको छ । तर विस्तारै विस्तारै कोभिडलाई सहजीकरण गर्दै मानिसहरु घुम्न पनी जान थालेका छन् । यही कुरालाई मध्य नजर गरेर होला हुम्लाको सिमीकोट बाट पहिलोपटक माउन्टने पलाईट हुने भएको छ ।

अझ बिशेष गरी मानसरोरबार जाने नाका बन्द भएपछी भारतीय पर्यटकहरुलाई लक्षीत गरेर माउन्टेन फलाईट सुरुवात गरको हो । निजी लगानीको वायुसेवा कम्पनी समिट एयरले माउन्टेन फलाईटको सेवा सुभारम्भ गरहेको हो । यसअघि काठमाडौं र पोखराबाट नियमित माउन्टेन फ्लाइट हुँदै आएको छ भने विराटनगरबाट समेत माउन्टेन फ्लाइट परीक्षण भने भइसकेको छ ।
सिमकोटबाट हुने माउन्टेन फ्लाइटको बिशेषता भनको हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थ स्थल मानसरोरबर आँखै अगाढी देख्न सकिने हो ।

यो सहित छोडसा ताल,पन्चमुखी हिमाल, भिमदुला हिमाल ,माउन्ट अपी, माउण्ट सैपाल लगाएत दर्जनौ हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । विगत लामो समयदेखि थलिएको पर्यटन व्यवसायलाई अगाडि बढाउन केही भएपनी यस्ले राहत मिल्ने छ ।

मानसरोबर संचालन गर्ने बिभिन्न कम्पनीहरुले अहिले विभिन्न प्रकारका प्याकेज र समेत ल्याउन थालेका छन् ।
माउन्टेल फलाईटको समय ३० मिनेट देखि ४५ सम्म रहन्छ भने प्रति ब्यक्ति ११ हजार ५ सय रुपैया लाग्दछ ।


Facebook Comment


No ads found for this position