छाडा पशुका घाँटीमा रिफ्लेक्टर

भक्तपुर, ५ असार । काठमाडौं–भक्तपुर छ लेन सडकको थिमि–सूर्यविनायक खण्डमा रहेका छाडा पशुलाई रातका समयमा ‘रिफ्लेक्टर’ लगाइदिने काम भएको छ ।
जिल्ला पशु सेवा कार्यालय भक्तपुर, भक्तपुर पशुकल्याण समाज, हेल्प एनिमल इन्डिया र भेट फर योर पेटको संयुक्त आयोजनामा आज थिमि चोकदेखि सूर्यविनायक चोकसम्मका छाडा गाईवस्तुको घाँटी तथा खुट्टामा रिफ्लेक्टर लगाइदिइएको हो । रिफ्लेक्टरमा बिजुली वा गाडीको प्रकाश परेपछि टल्कन्छ र गाईवस्तु सो स्थानमा रहेको थाहा हुन्छ ।
विशेषगरी राति छाडा पशुका कारण सवारी दुर्घटनामा वृद्धि हुन थालेपछि त्यसको न्यूनीकरण गर्न रिफ्लेक्टर लगाइदिइएको भक्तपुर पशुकल्याण समाजका टोली नेता डा प्रणवराज जोशीले बताउनुभयो ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत ३५ गाईवस्तुलाई रिफ्लेक्टर लगाइएको छ । सो काम प्रभावकारी भएमा छिट्टै जिल्लाका अन्य स्थानका छाडा पशुमा समेत लगाइदिने योजना छ । छ लेन सडकको लोकन्थली–सूर्यविनायक खण्डमा छाडा गाईवस्तुका कारण दैनिक सवारी दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीले जनाएको छ ।


Facebook Comment


No ads found for this position