सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ, १६ असार । बिहिबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेकोमा बिहिबार ५८ हजार रुपैयाँमा झरेको छ। चाँदी भने अघिल्लो दिन प्रतितोला ८ सय २५ रुपैयाँ रहेकोमा बिहिबार ८ सय ३५ रुपैयाँ पुगेको छ।


Facebook Comment


No ads found for this position