हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौँ, १७ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० घटाएको छ । अब हवाई इन्धनको मूल्य प्रतिलिटर रु ९९ हुनेछ ।

आजै रातिदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटेकाले निगमले सो निर्णय गरेको हो ।


Facebook Comment


No ads found for this position