सोह्र वर्षपछि चिज केन्द्रको पुनःस्थापना

पाँचथर, १९ असार । द्वन्द्वकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविसस्थित गोपेटारमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र १६ वर्षपछि पुनःस्थापना भएको छ ।

विसं २०५४ मा विस्थापित भएको केन्द्र स्थानीयवासीको मागअनुसार गाईको दूध सङ्कलन गरी कञ्चन चिज उत्पादन गर्ने उद्देश्यले चिज उत्पादन केन्द्र पुनःस्थापना गरेको केन्द्रका प्रमुख गणेश भुजेलले बताउनुभयो ।

चिज उत्पादन केन्द्र पुनःस्थापना भएपछि पाँचथरको पञ्चमी, सुभाङ, थर्पु, अमरपुर, च्याङ्थापु र नागी गाविसका किसानले गाईको दूधको मूल्य राम्रो पाउन थालेको स्थानीयवासी दीपेन्द्र सुब्बाले बताउनुभयो ।
दुग्ध विकास संस्थानले २०५४ सालमा स्थापना गरेको गोपेटारको चिजउत्पादन केन्द्र तीनवर्ष सञ्चालनमा आएपछि बन्द भएको थियो ।


Facebook Comment


No ads found for this position