अवरुद्ध यातायात सञ्चालन

हेटौँड, १९ असार । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ पुग्ने राजमार्गको सिस्नेरी अमलडाँडमा शनिबार गएको पहिरो हटाई गए राति ११ बजेदेखि यातायात सञ्चालन भएको छ ।

त्यस्तै फाखेल सडकखण्डको सुकौराडाँडामा शनिबार गएको पहिरो भने आव बिहान हटाई १०ः३० बजेदेखि हेटौँडा–काठमाडौँ दुवैतर्फका यातायात सेवा पुनःसुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार नै गएको पहिराबाट काठमाडौँ–हेटौँडा र हेटौँडा–काठमाडौँतर्फ आएका सुमोजिप र कार गरी ६०० वटा बीच बाटैमा अलपत्र भई बस्नुपरेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।


Facebook Comment


No ads found for this position