‘ग्रिन टी’ कारखाना सञ्चालन

काँकडभिट्टा ९झापा०, १९ असार । बाहुनडाँगीमा जैविक हरियो चिया प्रशोधन केन्द्र ९ग्रिन टी कारखाना० सञ्चालनमा आएको छ ।
बाहुनडाँगीका व्यवसायी प्रसाद पाण्डे र मेचीनगरका कुन्दन निरौलाले रु एक करोड ४२ लाखको लागतमा उक्त प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय चियामा रासायनिक वस्तुको वृद्धि हुन थालेपछि सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी कारखाना सञ्चालनमा ल्याइएको सञ्चालक पाण्डेले बताउनुभयो ।

दुई वर्षको प्रयत्नपछि सञ्चालनमा आएको ग्रिन टीसँगै अर्थोडक्स, ह्वाइट टी, जैविक चिया उत्पादन हुने उहाँले बताउनुभयो । करिब चालिस बिगाहा क्षेत्रफलमा चिया लगाइएको र उक्त कारखानाबाट स्थानीयवासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । रासस ९तस्बिर उपलब्ध छ


Facebook Comment


No ads found for this position