अर्थ मन्त्रालय रित्तै, ४५ कर्मचारी चीनदेखि युरोप–अमेरिकासम्मको यात्रामा

२२ असार, काठमाडौं । तपाई अहिले अर्थ मन्त्रालयमा जानु भयो भने त्यहाँ तपाईले खोजेका सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउनुहुनेछैन। कारण के होला? अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति किन फेला पर्दैनन्? तपाईहरुको मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै हो। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। तर, अहिले अर्थ मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका हाकिमदेखि तल्लो तहका कर्मचारी संघीयता, कर प्रणाली, राजस्व संकलन गर्न के कस्ता उपाय अवलम्बन गर्नु पर्ला भन्दै अध्ययन भ्रमणका नाममा युरोप र लोभलाग्दा मुलुकको भ्रमणमा निस्किएको पाइएको छ।
अर्थ मन्त्रालयअन्तर्गत विभिन्न विभागका प्रमुखदेखि शाखा अधिकृतसम्म झन्डै ४५ जनाको टोली चीनदेखि युरोपको यात्रामा निस्किएको छ। सरकारको आर्थिक वर्ष २०७२÷७३ को बजेटबाट झन्डै ५ करोड खर्च गर्ने गरी टोली विभिन्न मितिमा अध्ययन भ्रमणमा निस्किएको बुझिएको छ। त्रिभुवन विमानस्थलका प्रमुख भन्सार अधिकृत टंकनाथ पौडेल, कञ्चनपुरका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी लगायत ६ जनाको टोली भन्सार व्यवस्थापन अध्यन अवलोकन गर्न बेल्जियममा पुगेको छ।


Facebook Comment


No ads found for this position