यात्रा मर्दि हिमालकाे

समिप मैनाली

देवभूमि नेपालमा विश्वका कुना–कुनाबाट आध्यात्मिक ज्ञान र मनको शान्तिका लागि पर्यटक आउँछन् । हिमालमा पुगेर दुःख बिर्सन्छन्। अन्नपूर्ण, सगरमाथा, गोसाइकुण्ड, मनाङ र मुस्ताङ धेरैतिर घुम्छन् उनीहरु।
अन्नपूर्ण सृङखलामा पर्छ मर्दि हिमाल । माछापुच्छे«सँग लपक्कै टाँसिएको छ । केही समय पहिला हामी त्यहीँ पुगेका थियौं । कास्कीको काँडेबाट पदयात्रा सुरु हुन्छ । पोखराबाट बसमा एक घन्टामा काँडे पुगिन्छ । काँडेबाट तेर्सो बाटो छिचोल्दै जङ्गली बुट्यानमा रमाउँदै १ घण्टामा अष्ट्रेलियन क्याम्प (२०६० मिटर) पुगिन्छ।
क्याम्पतर्फ लम्कदै पूर्वी दक्षिणमा कुमारी माछापुच्छ«ेसँगै हाँसिरहेको पोखरा नगर देख्न सकिन्छ । पोखराकी प्रेमीका फेवा छातीमा यात्रुलाई टाँसिरहन्छिन् । अष्टे«लियन क्याम्पमा विदेशी फाट्टफुट्ट देखिए। ठूलो खुल्ला चौर अनि निधारमै ठोक्किने माछापुच्छे« हिमाल । केही क्षणमै थकान हरायो ।

mardi himal
गुराँसका रुखहरुले गोरेटा सजिएका । केहि बेर विश्राम पश्चात पुनः जङ्गलको बाटो छिचोलियो । बाटामा फाट्टफुट्ट पर्यटक र भरिया भेटिए । ४५ मिनेटमा पोथाना पुग्यौं । त्यहाँ होटल छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र रहेर त्यस स्थानको गतिविधि नियालिरहेका पूर्ण गुरुङले बताए अनुसार सिजनमा दैनिक सय बढी पर्यटक आउँथे । यस पटक २०÷२५ का दरले आइरहेका छन । आन्तरिक पर्यटक माझ पनि यसले ख्याती कमाएको छ ।
डेढ घण्टामा हामी देउराली पुग्यौँ । यस ठाउँबाट अन्नपूर्ण दक्षिण र हिउँचुली बादलका दुक्रा तानातान गरेर जोवन छोप्न आतुर देखिन्थे । खोल्सामा रहेका गँुरासका रुखले परसम्म हिमचुलीलाई सम्मानपूर्वक फुलका थुङ्गा वर्षाएका थिए । देउराली होटलकी दिदीले घरकै याद भुलाउने गरी खाना खुवाइन्, टिम्मुरको चट्नी र पापड सहित । खाए पश्चात् निन्द्राले समाउन खोज्यो ।
केहिबेर थकान मेटेर पुनः गन्तब्य फरेष्ट क्याम्पतर्पm हिँड्यौं । कतै खुल्ला परिवेश र हिमालसँग नजर जुध्ने त कहिले जङ्गलका गाछीसँग बात मार्दै यात्रा ।
देउरालीबाट फरेष्ट क्याम्प पुग्न ३ घण्टा । जङ्गलको बाटो, पारी डाँडामा घाम तल झर्न लागेको थियो । बाटो देखाउन चिन्ह नभएकाले समस्या झेल्नुप¥यो । संकेत बोर्डहरुको कमी छ । अष्ट्रेलियन क्याम्पबाट ६ घण्टा हिँडाई पछि साँझ फरेष्ट क्याम्प पुग्यौं ।
जङ्गल बीच क्याम्पको सुन्दरता र वातावरण लोभलाग्दो रहयो । वर्षाैदेखि होटल चलाउँदै आएका भक्तबहादुर गुरुङ र मानकुमारी गुरुङ पदयात्रीको हुलमा नेपालीको संख्या बढ्दै जाँदा खुशि देखिन्छन् ।
त्यहाँको होटलमा भैसी थियो । पाहुनालाई दहि, दुध र मोही बेचिँदो रहेछ । खायौ । साह्रै मिठो । रातको खाना खाएर आगो ताप्यौं । होटलकै दाजुले मादल ल्याए । अबेरसम्म त्यसकै तालमा नाच्यौं । दोश्रो दिन घामका किरणले पारि डाँडाको घान्दु्रकलाई सुमसुम्याउँदै गयो । चराचुरुङ्गीको आवाज र ताजा हावा । यस्तो मनै लोभ्याउने वातावरण कहाँ पाउनु र शहरमा ?
बिहानी नास्ता पछि जंगलको बाटो उकालियौं । दोश्रो दिनको बास हाई क्याम्पमा थियो । झन्दै १ घण्टा उकालो र तेर्सो जंगल काटेपछि लो क्याम्प पुग्यौं । यात्रामा हिमालसँग निधार जुधाउन पाइन्छ । चारैतिर गुँरासका रुख र त्यसकै पछाडि हिमाल हाँसेको देख्दा युवतीको अधरमा प्रेम रङ्ग पोखिए भैmँ लाग्छ ।
लो क्याम्पबाट डेढ घण्टा उकालो छिचोल्दै बादल डाँडा पुग्यौ । प्रकृतिका ती अनुपम छटामा पर्ने सेता बाफका तन्ना बेलाबख यात्रीका लागि बिस्तारा बनिदिन्छन् । त्यसैले यो ठाउँलाई बादल डाँडा भनिन्छ । उत्तरतर्पm सिरान बनाउने मिल्ने गरि बसेको अन्नपूर्ण र कोल्टे फेर्दा अँगालोमा बाँधिने माछापुच्छ«ेले यात्रालाई आनन्दित बनाउँछन् ।
बादल डाँडामा एउटा होटल छ । त्यहाँ केहि पर्यटक टेन्टमा सुर्यास्तको पर्खाइमा थिए । हाम्रो गन्तब्य अभैm टाढा थियो ।
ती दृश्यलाई मनमा टाँसेर अघि बढ्यौं । स–साना फुलका बुट्टयान र मनै सिरिङ्ग हुने भिरालोलाई आत्मविश्वासको सहारा मानेर उकालो चढ्दै गयौँ । डेढ घण्टामा हाई क्याम्प पुग्यौं । झमक्क साँझ परिसकेको थियो । पश्चिममा घामका किरणले चारा खोजेर फर्किरहेका एक हुल चराचुरुङ्गीलाई गुँडसम्म गोरेटो देखाउँदै थिए । त्यो दृश्यले मनमा साह्रै छाप पा¥यो । शान्त वातावरण डुब्दै गरेको सूर्यको कलात्मक रुप, जीवनमा सदैव ठक्कर सामना गर्नु परे पनि शीर उच्च राख्दै हिँड्नु पर्छ भन्ने प्रेरणा पाइन्छ हिमालबाट ।
अर्कोतर्फ अन्नकी देवीका रुपमा कहलिएकी अन्नपूर्ण वा अन्नपूर्णेश्वरी सूर्योदयमा  सुशोभित भएर आउँदा परिवेश बेग्लै हुन पुग्छ । हिमालको सौन्दर्य देखेर पूर्विय शास्त्रले शिव पत्नीका रुपमा चिनाएका छन् । रातो वर्णले सजिएकी, अर्ध चन्द्रद्धारा शोभित, ललाट भएकी र स्तन भारले अलिक झुकेकी समृद्धि कि देवी भनेर विश्व हिन्दकुशमा उल्लेख छ ।
यसरी हिमालय पर्वतको सामिप्यमा रहेर केहि दिन, केहि समय हामीले आफ्नो देशका अमुल्य रत्नसँग साइनो गाँसेर मिठो सम्झनाको झोली बोकेर फर्कियौं हामी ।
हिमालय पर्वत संसारमा उच्च छ । विराट महाकाब्य महाभारतको सार सरिता गीतामा भने भैmँ पुरै हिन्दकुश हिमालय पर्वतको महत्व अन्नपूर्ण क्षेत्रमा छाएको छ । हाम्रा पर्वतको वर्णन हजारौं वर्ष अघि गरिएको थियो । तिनको प्रचार गर्न सके संसारभरका पर्यटकलाई ध्यान र योगका निम्ति भिœयाउन सकिन्छ ।साभार नागरीक


Facebook Comment


No ads found for this position