तीन दिनमा १०५ करोड कमाउँदै ‘सुल्तान’ले बनायो ६ रेकर्ड

सलमान खान अभिनित फिल्म ‘सुल्तान’ ले तीन दिनमा १०५ करोड भारु कलेक्सन गरेको छ। बुधबार रिलिज भएको फिल्मले पहिलो दिन ३६.५४, दोस्रो दिन ३७.३० र तेस्रो दिन ३१.५० करोड कमाई गरेको हो।
तीन दिनमा यति कलेक्सन गर्नुसँगै सुल्तानले ६ रेकर्ड कायम गरेको छ।
sultan film poster
१ः सुल्तानबाट सलमानले यसअघिका आफ्ना फिल्म तीन दिनका रेकर्ड तोडेका छन्। उनका यसअघिका फिल्म बजरंगी भाइजानले तीन दिनमा १०२ र प्रेम रतन धन पायोले १०१ करोड भारु कमाई गरेका थिए।
२ः सुल्तान यसवर्षको तीन दिनमा धेरै कमाई गर्ने पहिलो फिल्म बनेको छ। यसअघि अक्षयकुमारको एयरलिफ्टले तीन दिनमा ८३ करोड भारु कमाई गरेको थियो।
३ः यस वर्ष १०० करोड क्लबमा प्रवेश गर्ने तेस्रो फिल्म हो सुल्तान। यसअघि एयरलिफ्ट र हाउसफुल ३ ले सय करोड आँकडा पार गरेका थिए। सलमानले तीन दिनमै यो आँकडा पार गरेका छन्।
४ः सय करोड आँकडा पार गर्ने सलमानको यो दशौं फिल्म हो। दबंगबाट सुरु भएको यो श्रृंखला रेडि, बडीगार्ड, एक था टाइगर, दबंग २, जय हो, किक, बजरंगी भाइजान, प्रेम रतन धन पायो हुँदै सुल्तानसम्म कायम भएको छ।
५ः यसअघि सलमानको एक फिल्म एक था टाइगर बुधबार रिलिज भएको थियो। उक्त फिल्मले सय करोड आँकडा पार गर्न पाँच दिन लगाएको थियो।
६ः खेलकुदप्रधान फिल्मको कुरा गर्दा कमाईका हिसाबले सुल्तान धेरै अगाडि आउँछ। यसअघि फरहान अख्तरको भाग मिल्खा भागले तीन दिनमा ५२ करोड र प्रियंका चोपडाको मेरी कोमले तीन दिनमा १२ करोड हाराहारीको व्यापार गरेको थियो।


Facebook Comment


No ads found for this position