एनआरएनका अध्यक्ष शेष घले बिरुद्ध ठमेलबासीद्धारा मुद्धा

काठमाडौँ, २५ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेको लगानीमा निर्माणाधिन होटल शेराटोन व्यवस्थापनले स्थानिय र स्वयं महानगरलाई अटेरी गरेपछि अन्ततः एमआईटि होल्डिङ्ग र त्यसका सरोकारवालाहरु बिरुद्ध  स्थानियले पुनरावेदन अदालत पाटनमा मुद्धा दायर गरेका छन् ।

Sheraton-file-300x280स्थानियबासी तथा व्यावसायीहरुले होटल शेराटोनका प्रमुख शेष घले, कार्यकारी निर्देशक जमुना घले, प्रबन्धक शुशील सुवेदी, निर्माण कम्पनी एमआईटि होल्डिङ्ग, काठमाण्डौं महानगरपालिका, काठमाण्डौं उपत्यका विकास प्राधिकरण र जिल्ला प्रशासन कार्यलय बिरुद्ध उक्त मुद्धा दर्ता गरेका हुन ।

गत असोज २४ गतेदेखि कान्तिपथ ठमेलमा एमआइटि होल्डिङ्ग ग्रुपले शेराटोन निर्माणको थालनी गरेको थियो । ग्रुपले होटेल निर्माणको बखत ४० फिटको जग खन्ने क्रममा सो निर्माणस्थल वरपरका ६ वटा घरहरु चर्केको तथा भासिन थालेको थियो । पटकपटक स्वयं शेष घले सहित होटल व्यवस्थापन, काठमाण्डौ महानगरपालिका, वडा कार्यालय लगाएतलाई सो कुराको जानकारी गराएपनि होटल व्यवस्थापनले अटेरी गरि काम बढाएको र सोको कारण स्थानियहरुले धमाधम व्यवसाय बन्द गर्नु परेपछि आज बाध्य भएर अदालत जानु परेको स्थानिय पिडितहरुले बताए ।

damage houseभूकम्पले केही नभएका ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र होइन, दर्जनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयहरु आतंकित भएका छन् ।

अर्बपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो । उनले आठ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागेको शेराटान होटेल निर्माणको कारण आसपासका घरहरु भास्सिन थालेका हुन् ।

होटल निर्माणका लागि धेरै जमिन खनिएकाले आसपासका क्षेत्रमा यस्तो समस्या देखिएको हो । जसकारण घलेविरुद्व स्थानीयहरु आन्दोलित भएका छन् ।

यस अघि बैशाख २१ गते काठमाण्डौं महानगरपलिका वडा नं २९ को कार्यलयले एमआइटि होल्डिङ्ग ग्रुपको नाममा पत्र काटी स्थानियहरुको सहमती नभएसम्म जग खन्ने कार्य रोक्का गर्न शेराटोन निर्माणको प्रेवशद्धारमा सुचना टाँस गरेको थियो । तर होटल व्यवस्थापनले त्यसलाई च्यातेर निर्माण कम्पनीले काम अगाडी बढाए पछी स्थानियहरु आक्रोसित भएका थिए ।साभार :टुरिज्मन्यूज


Facebook Comment


No ads found for this position