सगरमाथा पदयात्राको नालेबेली

रमेश पोख्रेल

विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्नका लागी दर्जनौंपटक पुगिसकेको भए पनि यस पटक पदयात्रा भने निकै रोमान्चकारी भयो । जहिले पनी सगरमाथा खुल्ला रुपमा हेरी राखेको थियो तर यो पटक बादलले सगरमाथालाई छिन छिनमा घेरेर सगरमाथा एकछिन देखीने एकछिन नदेखीने दृ्रश्य देख्न पाउँदा निकै आन्नदीत भयो मन ।
काठमाण्डौ देखि १७ दिन लामो यात्रा पछि मात्र सगरमथा आधार शिविरमा पुग्न सकिन्छ । सगरमाथा क्षेत्रमा आफूलाई अनुकूल पर्ने गरी छोटो तथा लामो पदयात्रा गर्न सकिन्छ । सबैभन्दा छोटो पदयात्रा स्याङबोचेसम्म हुन सक्छ । अलि लामो पदयात्रा गर्न चाहेमा गोक्यो तथा ‘गोक्यो री’सम्मको यात्रा गर्न सकिन्छ । एभरेष्ट बेस क्याम्प तथा कलापत्थर सगरमाथा क्षेत्रको सबैभन्दा लामो पदमार्ग हो ।

स्याङबोचे र गोक्यो सगरमाथा बेसक्याम्प तथा कलापत्थर जाने बाटोमै पर्छ । छोटो अवधिको यात्रामा निस्केका बाटोबाटै फर्किन्छन् भने लामो यात्रा गर्नेहरु कालापत्थरसम्म पुग्छन् । काठमाडौंबाट कालापत्थर पुगेर फर्किन करिव १७ दिनको यात्रा गर्नुपर्छ । स्याङबोचेसम्मको पदयात्रा ६ दिनको हुनेछ । काठमाडौंबाट लुक्ला एक दिनमा पुग्न सकिन्छ । दोस्रो दिन नाम्चे हुँदै तेस्रो दिन स्याङबोचे पुग्न सकिन्छ । चौथो दिन मोञ्जो, पाँचौं दिन लुक्ला हुँदै छैठौं दिन काठमाडौ फर्किन सकिन्छ ।

गोक्योसम्मको पदयात्रा अलि लामो हुनेछ । काठमाडौंबाट हिँडेको छैठौं दिन गोक्यो र सातौं दिन ‘गोक्यो री’ पुगेर पुगिन्छ । गोक्यो स्याङबोचेबाट डोले, मचेर्मो हुँदै जानुपर्छ । गोक्यो रीबाट बिहान डोले वा फोर्चे, नाम्चे, लुक्ला हुँदै काठमाडौं फर्किन्छ ।
गोक्यो री करिब ५ हजार ३६८ मिटर उचाइमा पर्छ । यहाँबाट सगरमाथा लगायतका सेता गगनचुम्बी हिमालहरु अवलोकन गर्न पाइन्छ । यसका अलवा यहाँ पुग्दा बाटो निकै आकर्षक र मनमोहक दृश्यहरु भेटिन्छन् ।
सगरमाथा क्षेत्रको लामो पदमार्ग हो, बेसक्याम्प तथा कालापत्थर । प्रकृतिको मज्जा लिँदै नहतारिकन कालापत्थ पुगेर काठमाडौं फर्किन करिव १७ दिन लाग्छ । सगरमाथालाई सबैभन्दा नजिकबाट नियाल्न कालापत्थर पुग्नैपर्छ ।
पहिलो दिन हामी काठमाडौंबाट लुक्ला हवाइ जहाजबाट पुग्छौं । चाँडै भयो भने त्यहाँबाट फाक्दिङ पुगेर रात बिताउन सकिन्छ । लुक्लाबाट फाक्दिङ तीन घण्टामा पुग्न सकिन्छ । दोस्रो दिन नाम्चे, तेस्रो दिन स्याङबोचे, चौथो दिन डोले, पाँचौं दिन मचेर्मो हुँदै छैठौं दिन गोक्यो पुगिन्छ । सातौं दिन गोक्यो री पुगिन्छ । आठौं दिन गोक्यो रीबाट थाकनाकमा रात बिताउन पुगिन्छ । नवौं दिन चोलापास वा जोङ्ला, दशौं दिन लोबोचे, एघारौं दिन गोरेखसेप हुँदै एभरेष्ट बेस क्याम्प पुगिन्छ ।

बेस क्याम्पको उचाई ५३ सय ८४ मिटर रहेको छ । यहाँबाट सगरमाथा नजिकै हेर्न पाइन्छ । सगरमाथा आरोहीको पनि यही विन्दूबाट आरोहण सुरु हुन्छ । कालापत्थर बेसक्याम्प भन्दा उचाइमा पर्छ । बेसक्याम्प पुगेको दिनमै गोरेखसेप फर्किएर बास बसी बाहर्रौं दिन बिहानै सूर्योदय हेर्न कालापत्थर पुगिन्छ । यहाँ पुगेपछि यात्रा सकिन्छ ।

सोही दिन कालापत्थरबाट गोरेखसेप फर्किएर दिउँसोको खाना खाई काठमाडौंतिरको बाटो तताउन सुरु हुन्छ । तेह्रौं दिन डिङबोचेरफेरिचे, चौधौं दिन तोङबोचे, पन्ध्रौं दिन नाम्चे, सोह्रौं दिन लुक्ला हुँदै सत्रौं दिन काठमाडौं आइपुगिन्छ । १७ दिनको यात्रामा विभिन्न ठाउँमा टी हाउस, होटल तथा लजहरु रहेका छन् । खान बस्नका लागि कुनै समस्या हुँदैन् । कतिपय ठाउँमा लज नभए वा भरीभराउ भएमा पाल टाँगेर बस्न सकिन्छ । यसरी १७ दिनको यात्रा गर्दा विदेशी पर्यटकले १२ सयदेखि १८ सय डलरसम्म खर्च गर्नुपर्ने हुन्छ । नेपालीको हकमा भने खर्च केही कम लाग्छ । छोटो पदमार्गमा आधा खर्चमै यात्रा गरेर फर्किन सकिन्छ ।

everst trek @ghumphir (1) everst trek @ghumphir (2) everst trek @ghumphir (3) everst trek @ghumphir (4) everst trek @ghumphir (5) everst trek @ghumphir (6) everst trek @ghumphir (7) everst trek @ghumphir (8) everst trek @ghumphir (9) everst trek @ghumphir (10) everst trek @ghumphir (11) everst trek @ghumphir (12) everst trek @ghumphir (13)


Facebook Comment


No ads found for this position