नेपालगन्ज जोड्ने रेल सेवा भारतले बन्द गर्‍यो

 २६ असार,बाँके (खजुरा) । अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो ।   नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई जोडेको छ ।

सेवा बन्द भएपछि रुपैडिहा–गोन्डासम्मको सोझो रेल सम्पर्क चार दिनदेखि टुटेको छ ।   भारत सरकारले रुपैडिहा–गोन्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको (बडिलाइन) सेवा सञ्चालन गर्न निर्णय गरिसकेको छ । उसले मर्मत र विस्तारको काम सुरु गरिसकेको छ ।   सीमाञ्चल पत्रकार एसोसिएसन इन्डो नेपाल उत्तर प्रदेशका प्रमुख एसके मदेसियाले नयाँ रेल विस्तारपछि नेपालगन्ज सोझै दिल्लीसँग जोडिने बताए। तर, सीमावर्ती आफ्ना नागरिकका लागि भने रुपैडिहा–बहराइचसम्म दिनमा दुईपल्ट रेल सञ्चालनमा छ।   बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालगन्ज जोड्ने रेल सेवा भारतले बन्द गरेको बारे जानकारी नभएको बताए।


Facebook Comment


No ads found for this position