आयल निगमका कर्मचारीलाई मासिक १ लाख बोनस

२८ असार, काठमाडौं । नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ ।
यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो ।

निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मटि्टतेल १५ सय र हवाईइन्ध १० हजार किलोलिटर खपत हुन्छ ।

यस्तै खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुने गरेको छ । पेट्रोलमा प्रतिलिटर ६.६१ रुपैयाँ नाफा छ भने डिजेलमा ०.६७, मट्टीतेलमा १६.७२, हवाईइन्धनमा १६.६४ र अन्तर्राष्ट्रियमा हवाईइन्धनमा २२.७७ रुपैया नाफा छ । यस्तै ग्यासका प्रतिसिलिन्डर ४५.०७ रुपैयाँ नाफा रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

यही आधारमा निगमलाई मासिक १ अर्ब रुपैयाँ नाफा हुने देखिन्छ । नाफाको शीर्षकमा जम्मा हुन्छ । निगममा कार्यरत ५ सय कर्मचारीबीच यो रकम जनही बाँडफँट गर्दा प्रतिकर्मचारी १ लाख २० हजार रुपैयाँ पर्दछ ।

निगमका तल्लो तहका कर्मचारीको पारिश्रमिक २० हजार रुपैयाँ छ । निगमले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएकाले तस्करीको सम्भावना रहेको भन्दै तत्काल मूल्य नघटाउने बताइसकेको छ ।यस्तै पूर्वाधा निर्माणको कामका लागि प्रतिलिटर ४.८८ रुपैयाँ छुट्याएको छ ।


Facebook Comment


No ads found for this position