सेयर बजारमा गिरावट

काठमाडौँ, २८ असार । सरकार परिवर्तनको हल्ला चलेपछि सेयर बजारमा नौ अङ्कले गिरावट आएको छ । राजनीति तरल भएको मौकामा एकाएक ओरालो लागेर एक हजार ६५४ अङ्कमा सीमित भएको बजार बन्द हुने समयसम्म भने सम्हालिएर पुन एक हजार ७०३ अङ्कमा कायम रह्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ५४ अङ्कले गिरावट आएको नेप्से बन्द हुने समयमा भने नौ अङ्कले गिरावट आएर एक हजार ६९३ मा झरेको छ । कुल १३८ कम्पनीको १६ लाख ३९ हजार २५७ सेयर कारोबार भएको स्टकले जनाएको छ ।

कुल रु एक अर्ब १३ करोड ९१ लाख ७२ लाख १७१ बराबरको कारोबार भएको हो । बैङ्किङ, फाइनान्स, होटल, जलविद्युत्, विकास बैंक र बीमा समूहको कारोबार ऋणात्मक रहेको छ भने उत्पादनमूलक र अन्य समूह भने केही बढेको छ ।


Facebook Comment


No ads found for this position