रोमिङ शुल्क घटाउने तयारीमा एनसेलले

२८ असार, काठमाडौं ।एनसेलले विभिन्न देशका लागि रोमिङ शुल्क घटाउने तयारी गरेको छ।आफु एक्जियटा नेटवर्कमा सम्बद्ध भएपछि एनसेलले विभिन्न योजनाहरु मार्फत भ्वाईस र डेटा सेवाहरुको रोमिङ्ग शुल्क घटाएको थियो । कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले रोमिङ्गको शुल्क घटाउन छलफल भईरहेको बताए।

भारतपछि मलेसिया सबैभन्दा धेरै नेपालीहरु रहेको देश हो । अहिले मलेसिया भ्रमणमा रहेका बेलामा एनसेलका ग्राहकले १५ प्रतिमिनेटमा रोमिङ्गको योजनाअन्र्तगत नेपालमा कल गर्न वा आगमनकल उठाउन सक्छन् । त्यसै गरी प्रतिएसएमएस १५ पर्छ र आगमन एसएमएस भने निःशुल्क हुनेछ । भारत रोमिङ्गको योजना अन्तर्गत अहिले ग्राहकले त्यहाँ रहेको बेलामा २५ प्रतिमिनेटमा नेपालमफोन गर्न सक्छन् र प्रएिसएमएसको १० रुपैयाँ पर्छ ।