सिंहहरू रूखमाथि चढेपछि

जंगलको राजा सिंह जंगलभित्रै डराउनु रोचक सुनिन्छ । त्यसमाथि सिंहको पूरै झुण्ड डराएर रूखमा बास बस्न पुगेको समाचार अझ रोचक लाग्छ । यस्तै अनौठो घटना तान्जानियामा घटेको छ ।

lions-hide-tree-1_1468303तान्जानियाको गोरंगोरो कन्जरभेसन एरियाका सिंहहरू हात्तीको डरले भुइँमा बस्न नसकी रूखमाथि बसेको क्षणका केही थान तस्बिर प्रकाशित भएका छन् । वाइल्डलाइफ  फोटोग्राफर जायन जेम्सले ती तस्बिर खिचेका हुन् ।

अलिक परबाट हात्तीको एउटा हूल आफूहरू भएतिर आइरहेको देखेपछि डराएको सिंहको बथान कुद्दै रूखमाथि चढेको थियो । हात्तीहरू हमला गर्ने आक्रामक मुद्रामा थिएनन् । तर, पनि डराएका सिंहहरू रूखको शरण लिन पुगेका थिए । ‘भयभीत मुद्रामा हत्तपत्त रूख चढ्न खोज्दा सिंहहरू पटकपटक लडे । रूख चढ्दै गर्दा उनीहरूमा छाएको त्रास हेर्नलायक थियो,’ फोटोग्राफर जायनलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।


Facebook Comment


No ads found for this position