फोटोसुटका लागि ३हजार २ सयजना नांगिएपछि

उत्तर बेलायतको हल सिटी सेन्टरमा एक अमेरिकी फोटोग्राफर तथा कथा कलाकार स्पेन्सर ट्युनिकले गरेको नांगो फोटोसुटका लागि ३२ सयजना मानिस सहभागी भएका थिए ।

उक्त सिटी सेन्टर जाने बाटोलाई मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्मका लागि बन्द गरिएको थियो । ‘सी अफ हल’ नाम दिइएको उक्त फोटो सुट मौसम परिवर्तनका कारण बढ्दै गइरहेको समुद्री सतहका बारे मानिसलाई सजग गराउनु रहेको थियो ।

चार भिन्न प्रकारका निलो रंगमा रंगिएका मानिसहरुले हल सिटी सेन्टर वरपर फोटोसुट गराएका थिए । यो फोटोसुट एक स्थानीय आर्ट ग्यालेरी फेरेन्सले गराएको थियो ।

pp

 


Facebook Comment


No ads found for this position