भोटेकोशीले सातादिनमा २ हजार ५ सय भन्दा बढि घर बगाउदै लगेपछि (फोटोहरु)

अनिश तिवारी
भोटेकोसीमा बाढी आएको सातादिन बित्न लाग्दा पनि नदीले कटान गर्ने क्रम रोकिएको छैन । हालसम्म कोदारी बजारको सात भन्दा बढी घर नदीले कटान गरिसकेका छन् ।सीमास्थित सशस्त्र प्रहरी बलका नायब उपरीक्षक मनोज थापाकाअनुसार पानीको बहाव सामान्य रहेपनि पानीको धारले बस्तीको जमिनको माटो बगाउँदै लगेपछि क्षतविक्षत बजारका घरहरु ढलिरहेका छन् ।

bhotekoshi

bhotekoshir

हालसम्म प्रारम्भिक अनुमानअनुसार सीमामा मात्रै २५ भन्दा बढि घर कोसीमा मिसिसकेका छन् ।बर्षाको सुरुवात भएदेखि नै लार्चादेखि लिपिसम्मका पहिरोले गर्दा सबै बस्ती पूर्णरुपमा जोखिममा छन् । लगातार जमिन कटान नरोकिनाले बजार मात्र नभइ अरनिको राजमार्गमा थप क्षति पुगेको छ ।पर्यटकीय सम्पदाहरु तातोपानी, निर्माणाधीन चिनियाँ भन्सार भवनलगायतका प्रशस्तै संरचनाहरुमा अधिकांश भाग काटिसकेको छ । नदीले बगाएर ल्याएको ठूला ढुंगाहरु दशकिलो नजिकमा रहेको ड्याममा थुनिएर बाढी आउने जोखिम बढेको छ ।

 


Facebook Comment


No ads found for this position