‘हवाई सेवा सुदृढ भएमात्र देशको सार्वभौमसत्ता बलियो हुन्छ’

काठमाडौँ, ३१ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले हवाई सेवा सुदृढ भएमात्र देशको सार्वभौमसत्ता बलियो हुने बताउनुभएको छ ।

ANANDA_POKHREL_744759216मन्त्रालयले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपाल भूपरिवेष्ठित राष्ट्र भएको हुँदा हवाई सेवा बलियो हुन जरुरी भएको बताउनुभयो ।

उहाँले हवाई क्षेत्र बलियो हुन नसक्नुको कारण आँैल्याउँदै थप्नुभयो, “लाइसेन्स लिने एउटा जहाज राखेर चुप लागेर बस्ने संस्कृति पो छ कि ? जहाजै नहुने सदस्य बन्ने त्यसको ठूलो स्वर हुने संस्कार पो छ कि ? जसले गर्दा योे क्षेत्र विग्रेको पो छ कि ? त्यतातिर सोच्नुपर्ने आवश्यकता छ ।” मन्त्री पोखरेलले सरकारको मात्र जहाजले नपुग्ने भएर निजी क्षेत्रसँग सरकारले साझेदारी गरेको र निजी क्षेत्रसँग भर परेको हो भन्नु भयो ।

हवाई विभाग प्रमुख बुद्धिसागर लामिछानेले हवाई क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गर्दै बलियो बनाएर जानुपर्ने आवश्यकता औल्याउनुभयो ।


Facebook Comment


No ads found for this position