आइतबारदेखि सिलिन्डर निःशुल्क साटिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)

३१ असार, काठमाडौं । तपाईंसँग भएको कुनै कम्पनीको ग्यास सिलिन्डर साट्न नमिलेर हैरान हुनुभएको छ ? कि तपाईं बस्ने क्षेत्रमा सजिलै नपाइने ग्यास सिलिन्डर नाकाबन्दीका बेलामा लिएर अहिले त्यतिकै थन्किएको छ ? त्यसो हो भने सिलिन्डर साट्नका लागि तयार हुनुस् । आइतबारदेखि उद्योगहरुले आफ्ना गोदामहरुमा ग्यास सिलिन्डर साट्दैछन् ।

साउन २ गतेदेखि ८ गतेसम्म विभिन्न ग्यास कम्पनीका गोदममा सिलिन्डर साट्ने सूची तय भएको छ । विशेषगरी नाकाबन्दीका बेलमा उपत्यकामा भित्रिएका ग्यास सिलिन्डरलाई काठमाडौंमै साट्ने व्यवस्था मिलाइएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसका लागि कम्पनीलाई कुनै अतिरिक्त शूल्क पनि तिर्नुपर्ने छैन ।

नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा भिएका ग्यास सिलिण्डर साट्न अहिले विभिन्न विक्रेताहरुले अरिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गरिएको संघले जनाएको छ ।

शक्ति, सहारा, मेची, त्रिशक्ती, कन्काई, रिजालको भान्छा, कामख्य, प्रिमा, कोशी, नोवेल जानकी, जगदम्वा, सुपर, लियो र अम्वर ब्राण्डका ग्यास सिलिन्डर साटिनेछ ।

यसैगरी राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश, रेडियन्ट, नेपाली, नारायणी, आरती, स्वस्तिक, वुटवल पनि साटिने भएको छ । संघले सिलिण्डर खाली मात्र लिईने बताएको छ । सिलिण्डरको सट्टापट्टा निःशुल्क गरिनेछ ।

कुन उद्योगले कहाँ साट्दै छन् ?

उद्योगको नाम ठेगाना सम्पर्क नं सट्टापट्टा हुने ग्यासका व्राण्ड
एभरेष्ट ग्यास र सुगम ग्यास वल्खु ५६७०१९९ ४२७९२८८ शक्ति, सहारा, मेची, क्रिशक्ति, कन्काई, रिजालको भान्छा, कामख्य, पि्रमा
श्री राम ग्यास ललितपुर, हरिसिद्धि  ९८५१०३७७३२ कोशी,  नोवेल, जानकी
मनोज ग्यास कलंकी ४२७९३०८ ९८०१२०८८८३ जगदम्वा, सुपर, लियो, अम्वर
सगरमाथा ग्यास पेप्सीकोला ५१५६२७४ राप्ती, भेरी, न्युभेरी मनकामना, आदेश, रेडियन्ट
नेपाल ग्यास वालाजु ४३५०४१६ नेपाली नारायणी
लुम्विनी ग्यास वाफल ४६७०६५७ ९८५११७९७१० आरती, स्वस्तिक, वुटवल


Facebook Comment


No ads found for this position