सुनको सर्ट लाउने फुगेको अपहरणपछि हत्या

gold shirtभारतमा सुनको सर्ट लगाएर चर्चित भएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान सुनको सर्ट लगाएर चर्चामा आएका पुनेका दत्रातय फुगेलाई केही मानिसले अपहरण गरेर लगेको र ढुंगाले हानेर हत्या गरेका छन्।

फुगेकी पत्नी सीमाले बिहिबार मध्यराततिर केही अपरिचित मानिसहरु घरमा आएर फुगेलाई लगेको बताएकी थिइन्।

२ करोड रुपैयाँ पर्ने सुनको सर्ट बनाएर लगाएपछि फुगे चर्चामा आएका थिए।सर्टको डिजाइन बनाउन १६ कालिगढलाई १५ दिन लागेको थियो। फुगेको हत्यामा संलग्न भएको आशंकामा  प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

 


Facebook Comment


No ads found for this position