संकटमा सिन्धुपाल्चोक

१ साउन, । भूकम्प र बाढीपहिरोको लगातारको प्रकोपले नेपालको कुनै एक ठाउँलाई सबभन्दा बढी असर गरेको छ भने त्यो हो–सिन्धुपाल्चोक। २०७१ साउनमा जुरे पहिरो, २०७२ बैशाख १२ मा भूकम्व र २०७३ सालमा भोटेकोशीको बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिले यो जिल्लालाई संकटमा पारेको छ।

नाका बन्द हुँदा हजारौंले रोजगारी गुमाए नै अर्बौं पुँजी पनि पलायन भएको छ। सडक, विद्युत आयोजना, विद्यालय, गाविस भवन, गुम्बा, मन्दिर, होटल तथा साना उद्योगहरु भूकम्पले भत्काएका छन्। जलविद्युत तथा होटल व्यवसायमा गरिएको अर्बौंको लगानी हुब्ने खतरा बढेको छ।निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाका लगानीकर्ताहरु पनि अलमलमा छन्।