त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोचेअनुरुप सुधार भएन– मन्त्री पोखरेल

काठमाडौँ, २ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि पटकपटक प्रयास गर्दा पनि सोचेअनुरुप सुधार हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल बताउनुहुन्छ ।
विमानस्थल सुधारका कार्यहरुको निरीक्षणका लागि आज विमानस्थल पुग्नुभएका मन्त्री पोखरेलले सोचेअनुरुप सुधारका कामहरु हुन नसकेको बताउनुभयो ।
nepal-airport“विमानस्थल भन्नेबित्तिकै मूल ढोकादेखि प्रस्थान, आवागमनलगायत सबै ठाउँमा सफा, व्यवस्थित र राम्रो व्यवहार हुन आवश्यक छ”– उहाँले भन्नुभयो । मन्त्री पोखरेलले विमानस्थलमा सुुधार भनेर कुनै एक स्थानको मात्र नभएर ठाउँदेखि कर्मचारीको व्यवहारसम्म राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “शौचालय मात्र हैन सबै ठाउँ सफा हुनुप¥यो, कर्मचारीको रुखोपनमा मिठास आउनुप¥र्यो, चोरी नियन्त्रण हुनुप¥यो ।”

विमानस्थलमा हुने गरेको विकृतिका बारेमा जनगुनासो आएपछि गत जेठ ३२ गते प्रधानमन्त्री ओलीले पनि विमानस्थलको आकस्मिक निरीक्षण गर्नुभएको थियो ।


Facebook Comment


No ads found for this position