सरकार बनाउन संघीय गठबन्धनले सहयोग गर्ने

३ साउन, काठमाडौं । संघीय गठबन्धनमा आबद्ध दलहरुले कांग्रेस–माओवादीको नयाँ गठबन्धनलाई सरकार बनाउन सहयोग गर्न सहमत भएका छन्।

सर्तसहित सरकारलाई समर्थन गर्नु पर्ने, तर सरकारमा सहभागी हुने नहुने प्रस्ताव सद्भावनका महासचिव मनीष सुमनले गरेका थिए। उनको प्रस्तावमा आइतबार बोल्ने नेताहरुले समर्थन गरेका थिए। सो प्रस्तावमा संघीय गठबन्धनका संयोजक यादवले भने प्रतिक्रिया दिइसकेका छैनन्। उनले सोमबार बोल्ने पालो छ। यादवले गठबन्धनभित्रको विवाद बाहिर नलैजान नेताहरुलाई आग्रह गरेका थिए।