आफन्त तथा सरकामरमा सहभागी दलका नेता लाई प्रधानमन्त्रीले राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० बाँडे
३ साउन, काठमाडौं । सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ।

यसअघि मन्त्रिपरिषदले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो। कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको विलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था भएपनि सरकारले कसैलाई पनि आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन। मन्त्रिपरिषद निर्णयका नाममा कानुनविपरीत सत्तारुढ एमाले र राप्रपा नेपाल तथा प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रका पहुँचवाला नेता, सांसद तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको हो।