सवारी लाइसेन्स शुल्कमा भारी वृद्धि

३ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर, नयाँ, नवीकरण र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ।

कार, जिप, डेलिभरी भ्यानको १ हजार रुपैयाँ बढाएर २ हजार रुपैयाँ लागू गरेको पनि उप्रेतीले बताए। त्यस्तै मिनीबस, मिनी ट्रकको १५ सय रुपैयाँबाट वृद्धि गर्दै २५ सय रुपैयाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क २ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ लागू गरेको उप्रेतीले सेतोपाटीलाई जानकारी दिए।त्यस्तै प्रतिलिपी लाईसेन्स दिँदा लाग्ने १ सय रुपैयाँ पनि बढाएर ५ सय रुपैयाँ बनाएको उप्रेतीले बताए।