फेसबुकले ल्यायो इन्टरनेट नभएको बेला भिडियो हेर्न मिल्ने सुविधा

भिडियो स्ट्रिमिङमा एकछत्र राज जमाइरहेको युट्युबलाई चुनौति दिने क्रममा फेसबुकले इन्टरनेट कनेक्सन नभएको ठाउँमा पनि भिडियो हेर्न सक्ने सुविधा दिएको छ।

फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा यो सुविधा थपिएको छ। तर त्यसका लागि इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि सेभ गर्नुपर्ने हुन्छ।

भिडियो एपभित्रको सेभ्ड सेक्सनमा हुन्छ। यसरी सेभ गरिएका भिडियो जति पटक पनि हेर्न सकिन्छ र चाहेमा डिलिट गर्न पनि सकिन्छ।

भिडियो तपाईँको मोबाइलमा नै सेभ हुने भए पनि यसलाई फेसबुकबिना यत्तिकै हेर्न भने सकिन्न। फेसबुकले यसअघि जुलाई ११ देखि केही व्यक्तिहरुको समूहमा अफलाइन भिडियोको टेस्ट गर्न लागेको बताएको थियो।


Facebook Comment


No ads found for this position