तेल उत्पादन गर्न चीनले कच्चा पदार्थ र प्राविधिक सहयोग गर्ने

४ साउन, काठमाडौं । चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इन्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो ।

nepal chin flagचीन सरकारको निमन्त्रणमा वैकल्पिक उर्जाका विषयमा सम्भाव्यता अध्ययन गर्न चीन पुगेका नेपाली टोलीलाई इन्स्टिच्युटले यस्तो प्रतिवद्धता जनाएको हो ।

टोलीमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वमा मन्त्रालयकै उपसचिव अर्जुन पन्च निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्का र निगमकै पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह सहयोगी थिए ।

मन्त्रालयका उपसचिव पन्तले चीनसँग इन्धनको सम्झौता गरेर तत्कालै कारोबार गर्ने अवस्था नआएकाले वैकल्पिक माध्यमबाट इन्ध भित्र्याउने नीति अन्तर्गत सम्भाव्यता अध्ययन गर्न नेपाली टोली चीन भ्रमण गरेको जानकारी दिए ।

उनका अनुसार कोइला प्रशोधन गरेर निस्कने कोलटारको एक प्रकारको तरल अवस्थाको वायो प्रोडक्ट र अन्य १४ प्रकारका रसायन मिसाएर पेट्रोलको उत्पादन गरेकाले सोही विषयमा अध्ययन गर्ने नेपाली टोली साताव्यापी भ्रमणमा चीन गएका थिए । चीनले उपलव्ध गराउने कच्चा पदार्थ र प्रविधिको सहयोगमा नेपालले पेट्रोल उत्पादन गर्न सक्ने पन्तले जानकारी दिए ।

वैकल्पिक उर्जाको रुपमा रहेको यो पेट्रोल हलुको रंगको हुन्छ । चलन चल्तीमा रहेको अन्य इन्धन भन्दा यो प्रविधिको इन्धन चीनमा प्रतिलिटर एक रुपैयाँ सस्तो पनि छ ।


Facebook Comment


No ads found for this position