रक्सी खान नेपाल आएका भारतीयले असई कुटे
४ साउन, काठमाडौं । बारको बेलदारीस्थित प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन् ।
बाराको सीमावर्ती भारतीय गाउँ कोइलगाँवाबाट रक्सी आन आएका भारतीयहरुले प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका आजको अन्नपूर्णमा समाचार छ ।
बाराको बेलदारीमा रहेको भट्टीमा रक्सी सेवन गरेर आइतबार बेलुकी घर फर्किँदै गरेका भरतीयहरुले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका हुन् ।
स्थानीय भट्टीमा रक्सी सेवन गरेपछि होहल्ला गरेका आठजना भारतीयलाई प्रहरीले सोधपुछ गरेपछि विवाद भएको थियो ।
विवादका क्रममा भनाभन भएपछि भारतीयले यादवलाई कुटपिट गरेका थिए ।