एक वर्षमा तीन लाख २९ हजार ६ सय २३ जनाले रत्नपार्कको अवलोकन गरे

४ साउन, काठमाडौं । गत आवमा रत्नपार्कको आम्दानी रु ८५ लाख २१ हजार ६ सय ६७ भएको छ।  केही समय बन्द उक्त उद्यान अघिल्लो आवको असार महिनादेखि केही थप व्यवस्थापनका साथ सर्वसाधारणका लागि खुला गरिएको थियो।

ratnaparkकामपा, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीले एक वर्षका अवधिमा तीन लाख २९ हजार ६ सय २३ जनाले रत्नपार्कको अवलोकन गरेको जानकारी दिए। अवलोकनकर्ताबाट प्रवेश शुल्कस्वरुप लिइएको रकम नै आम्दानी हो।

अघिल्ला वर्षमा अवलोकनकर्ताबाट उद्यान प्रवेशका लागि शुल्क लिने गरिएको थिएन। सञ्चालनको पछिल्लो समयदेखि भने आएको आम्दानी उद्यानको व्यवस्थापनका लागि खर्च गर्ने उद्देश्यले प्रवेशकास्वरुप केही शुल्क लिइँदै आएको छ।  खाजाघर पनि  अवलोकनकर्ताले उद्यानभित्र नै खाजाघरको माग गरेपछि अबको केही दिनभित्रै सो पनि घर बन्ने निश्चित भएको छ।

अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै गत वर्ष चैत ५ गतेदेखि निःशुल्क इन्टरनेट सुविधा पनि दिइएको छ। विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि रु २५ प्रवेश शुल्क तोकिएको छ।


Facebook Comment


No ads found for this position