भदौ मसान्तभित्र स्थानीय तहको सङ्ख्या र सीमा निर्धारण सम्पन्न हुने

विराटनगर, ५ साउन । स्थानीय निकाय तथा पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय तहको सङ्ख्या र सीमा निर्धारण कार्य आगामी भदौ ंमसान्तभित्र सम्पन्न हुने बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले साउन मसान्तसम्ममा स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रतिवेदन दिने र सोही आधारमा छलफल र अन्तक्र्रिया गरी सरकारसमक्ष प्रस्ताव पेस गरिने जानकारी गराउनुभयो ।

मुलुकभर ५६५ वटा स्थानीय एकाइ रहने गरी आधार, सूचक र मापदण्ड तयार गरिसकेको जानकारी गराउँदै उहाँले मोरङमा बढीमा १३ वटा एकाइ हुने बताउनुभयो । उहाँले स्थानीय विकास अधिकारीको नेतृत्वमा स्थानीय तहको पुनः संरचनाको काम हुने र यसका लागि सरोकारवालासँग छलफल गरेर आयोगमा सिफारिस गर्न निर्देशन दिइएको उल्लेख गर्नु भयो ।


Facebook Comment


No ads found for this position