कर्णाली राजमार्ग सोमबारदेखि अवरुद्ध

५ साउन, । कर्णाली अन्चललाई जोड्ने एक मात्र सडक खण्ड कर्णाली राजमार्ग सोमबारदेखि अवरुद्ध छ । पहिरो गएको अझै हटाउन सकिएको छैन । एसमोडमा गएको पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् । न त वस्ने वास छ न त खाने गास छ । धेरै जोखिम ठाउँमा पहिरो गयो । ठुलो दुःख पाइयो । यो दुखेसो कालिकोट मान्मबाट काठमाडौं जादै गरेकी एमुना बमको हो । सोमवार विहान गएको पहिरो यती दिन वितिसक्दा सम्म पनि कुनै पनि निकायले अवरुद्ध सडक हटाउन सकेको छैन । एक जना एमुना बमले पाएको दुःख त एक प्रतिधिमुलक मात्र हो । यस्तै सयौं यात्रुहरु विचवाटोमै अलपत्र परका छन् । कालिकोट सदरमुकाम देखि गाडिमा एक घण्टाको समय लाग्ने दुरीमा पर्ने एसमोडमा करिव २० मिटर लामो पहिरो गएको हो ।

karnali_tgआईतवार दिउसो र रातभरी अविरल वर्षा भए पछि सो क्षेत्रमा पहिरो गएको थियो । एसमोडको खतरा क्षेत्रमा गएको पहिरोले दुइ दिनसम्म यात्रु र गाडि व्यावसायीले दिनु धोका दिएको छ ।

सडक विभागको डोजरले सडकमा आएको पहिरो पन्छाउन नसके पछि जिल्ला प्रशासन कालिकोटको पहलमा नेपाली सेनाले अबरुद्ध सडको पहिरो हटाउने भएको छ । कुनै पनि क्षेत्रबाट पहिरो हटाउन नसकिए पनि कर्णाली करिडोर निर्माण कार्यदलको नेपाली सेनाले जिम्मा लिएको जिल्ला प्रशसानले बताएको छ । कर्णाली करिडोर निर्माण कार्यदलप्रमुख एवं कर्णेल इन्द्रबिर गरुङ्गको नेतृमा बलाष्टीन गरेर पहिरो हटाइने भएको हो । पहिरोमा डोजेर उठाउन नसक्ने खालका ठुलठुाला ढुङ्गा भएकाले नेपाली सेनाले बलास्टीन गरेर पहिरो हटाउने भएको छ ।

एसमोडमा पहिरो गए पछि नेपाली सेना,नेपाल प्रहरी लगाएतका स्थानिय सरोकारवाले पहिरोको निरक्षण पनि गरेका छन् । एस आकारको मोड भएको स्थानमा माथिबाट करिव २० मिटरको हाराहारीमा पहिरो आएको निरक्षणमा खटिएका स्थानिय रेडियोकर्मी भरतराज विष्टले बताए । उनका अनुसार नेपाली सेनाले पहिरो गएको स्थान राम्रोसंग अवलोकन गरेर बुधवारबाट पहिरो हटाउन थाल्ने भएको छ । पहिरोले सडक अबरुद्ध गरे पछि कर्णाली राजमार्गनै ठप्प भएको छ । काठमाडौं नेपालगंज,सुर्खेत हुदै कालिकोट जुम्ला मुगु आएने यात्रुहरु विचबाटो मै अलपत्र परेका छन् । त्यस्तै जुम्लाबाट कालिकोट हुदै तलतिर झर्ने यात्रुवाहक वसहरु अलपत्र छन् । राजनितिक दलबाट पहिरोको निरक्षणमा खटिएका नेपाली कांग्रेका नेता दमन शाहीले सडक विभाग लगाएका अन्य क्षेत्रबाट पहिरो हटाउन सम्भव नेदेखिएकाले नेपाली सेनाले जिम्मा लिएको सुनाए । उनका अनुसार पहिरो हटाउन मात्र नभई ठुला पथर भएकाले सेनाले व्लाष्टीग गरेर पहिरो हटाउने तयारी गरेको हो ।


Facebook Comment


No ads found for this position