रगत पिउने मेला शुरु

५ साउन, काठमाडौं । परम्परागत रुपमा मुस्ताङको जोमसोम गाविस स्थित नमखुलेकमा चौरीको आलो रगत पिउने मेला बुधवार देखि शुरु भएको छ । विगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि नमखुलेकमा जोमसोमका कृषकले पालेका चौरीको आलो रगत पिउने मेला शुरु भएको हो । साउन ५ गते बाट शुरु हुने चौरीको आलो रगत पिउने मेला साउन १३ गतेसम्म संचालन गरिने स्थानिय चौरी पालक किसान भूपेन्द्र शेरचनले जानकारी दिए ।

उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔले लगायतका बहुमुल्य जडिबुटी खाएका चौरीको आलो रगत पिएमा पेट सम्बन्धी रोगहरु निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्ने जनविश्वास रहि आएको छ ।मेलामा प्रतिदिन ५० जना भन्दा बढि मानिसले चौरीको रगत पिउने अनुमान गरिएको छ ।

ragat-nikaldaiप्रति गिलास १६० का दरले चौरीको रगत विक्रि गरिने शेरचनले बताए । नमखुलेकमा चौरीको रगत पिउन आउनेलाई खाने बस्ने व्यवस्था पनि मिलाएका छौँ । शेरचनले भने ।लेकमा चरेको चौरीको आलो रगत पिउनाले गानोगोला, ग्याष्ट्रिक, मधुमेह, सुन्नेको, सर्केमर्केको, हाडजोर्नी दुख्ने र पेटको समस्या लगायतका रोग निको हुने विश्वास रहँदै आएको छ ।

मेलामा चौरीको रगत पिउन बाग्लुङ, म्याग्दी, पर्वत, कास्की, लमजुङ, तनहुँ, काठमाण्डौ लगायतका जिल्लाहरुबाट मानिसहरु आउने गरेको मेलाको आयोजकले जनाएको छ ।

Chauri-Mela-_Magdiजोमसोमका किसानले नमखुलेकमा व्यवसायिक रुपमा पालेको चौरीबाट आवश्यकताको आधारमा याकको घाँटीमा सुईरोले रोपेर एउटा भाले याकबाट करिब १५–१८ गिलास सम्म रगत निकाल्ने गरिन्छ ।

परम्परागत रुपमा संचालन हुँदै आएको जिउँदै पशुवाट रगत निकालेर पिउने मेलालाई पशु अधिकारकर्मीहरुले पशु अधिकार विपरीत रहेको बताएका छन् । परिक्षण नगरी खाएको चौरीको आलो रगतले रोग निको हुँने कुनै वैज्ञानिक आधार नभएकाले परम्परालाई रोक्न हामीले आग्रह गरेका छौँ, वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्माले भने । रगतलाई खान हुन्न भन्ने मिट साइन्सको भनाइ रहेको डा. बर्माले बताए ।


Facebook Comment


No ads found for this position