७० प्रतिशत काठमाडौं महानगरपालिका घरधनीले घरजग्गा कर तिर्दैनन्

६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० प्रतिशत घरधनीले अहिलेसम्म घरजग्गा कर  नबुझाएको उल्लेख गरेको छ ।

kathmandu muncipltyस्थानीय निकायले घरजग्गा कर उठाउन थालेको करिब १६ वर्ष पुग्दा महानगरपालिकामा ३० प्रतिशत घरधनी मात्रै करको दायरामा आएको देखिएको छ ।

गत आर्थिक वर्ष २०७२/७३को जेठ मसान्तसम्ममा ७५ हजार ७ सय ७९ घरधनीले घरजग्ग्ाा कर बुझाएका थिए । गत अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ७६ हजा ४ सय ३७ घरधनीले धरजग्गा कर बुझाएको उल्लेख छ ।

तर, नक्सा पासको रेकर्डका हिसावले हाल महानगरपालिकाभित्र २ लाख ५४ हजारभन्दा बढी घर तथा भवन रहेको  छ ।जसमध्ये गत आर्थिक वर्ष भूकम्पका कारण घर कोल्याप्स हुँदा करिब ५ हजार पुराना नियमित घरजग्गा करदाता घटेका थिए । त्यस्तै महानगरपालिकाभित्रका करिब ३ हजार घर तता भवनलाई कर नलाग्ने बताइएको छ ।


Facebook Comment


No ads found for this position