१०५ वर्षपछि जलविद्युत उत्पादन क्षमता अध्ययन गर्न समिति

६  साउन, काठमाडौं । मुलुकमा जलविद्युत उत्पादन सुरु भएको १०५ वर्षपछि बल्ल कुल उत्पादन क्षमताको पहिचान हुने भएको छ ।जलस्रोतमा विश्वकै दोस्रो धनी मुलक भनिए पनि यसको आधिकारिकता पुष्टिका लागि सरकारी निकायले अध्ययन सुरु गरेको छ ।

hydro power nepalजल तथा उर्जा आयोग र विश्व बैंकको उनुदान सहयोगमा आयोगले जलविद्युत क्षमता पहिचानसहितको सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले यस्तो कार्यक्रम सुरु गरेका हुन् ।

एउटै सरकारी निकायले दोहोरो अध्ययन गर्नुलाई धेरैले आश्चर्यको रुपमा समेत हेरेका  छन् ।

विश्व बैंकको ६० करोड  अनुदान सहयोगमा सुरु भएको कार्यक्रमअन्तर्गत जलविद्युत उत्पादनसहित समग्र जलस्रोतबारे तीन वर्षभित्र अध्धयन पूरा गर्ने लक्ष्य छ ।आयोगका सह सचिव जीवक्ष मण्डलका अनुसार प्रारम्भिक प्रतिवेदनले १ लाख ६० हजार मेगावात विद्युत उत्पादन क्षमता भएको उल्लेछ ।

प्रारम्भिक अध्धयनमा नेपाल र भारत दुवैको साझा नदी भएको हुनले महाकाली नदीको जलविद्युत क्षमताबारे उल्लेख छैन तर आयोगले दिएको कार्यदिशामा भने महाकालदी नदी पनि उल्लेख छ ।


Facebook Comment


No ads found for this position