कारबाहीमा परेको चिनियाँ कम्पनीलाई बूढीगण्डकी जलविद्युत बिनाप्रतिस्पर्धा दिने प्रक्रिया सुरु

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बलि बनाई  राजश्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया सुरु गरेका छन् ।

Budigandakiअर्थ मन्त्राललाई समेत सहमत गराई मन्त्रिपरिषदबाट पारित गर्नेगरी सीजीजीसीले हालेको प्रस्तावउपर प्रधानमन्त्रीको निर्देशनमा उर्जा मन्त्रालले कारबाही सुरु गरेको छ ।

सत्ताको प्रमुख साझेदार माओवादी केन्द्रले सरबाट हट्ने निर्णय गरेकै दिन गत असार २८ गते सीजीजीजसीले उर्जा मन्त्रालयमा प्रस्ताव हालेको थियो ।सीजीजीसीले उसको एजेन्टमार्फत प्रधानमन्त्रीलाई विश्वस्त पारेपछि प्रक्रिया सुरु गरिएको उर्जा स्रोतले भन्यो ।


Facebook Comment


No ads found for this position